२२ लाखभन्दा बढि मूल्यकाे सुनसहित भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

२२ लाखभन्दा बढि मूल्यकाे सुनसहित भारतीय नागरिक पक्राउ


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले २२ लाख भन्दा बढी मूल्य बराबरकाे सुन सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरीले टोलिले चन्द्रागिरि न.पा.वडा न २ नागढुंगा चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले ना १ ज ५०६० नम्बरको टाटासुमो गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा भारतको मेन्दीपुर जिल्ला कलकत्ता दासपुर थाना घर भएका  ४५ वर्षीय आशुतोष सेनापतीलाई पक्राउ गरेको हो ।

उनको शरीर तथा सामान खानतलासी गर्ने क्रममा बिल तथा कागजात नभएको ३९८ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ । बरामद गरीएको सुनमा केही तयारी अवस्थाका गरगहना र २ थान सुनका पाता समेत रहेको डीएसपी श्रेष्ठले बताए ।

बरामद गरीएको सुन तथा पक्राउ परेका मानिसलाई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको थानकोट प्रहरीले जनाएको छ ।

बरामद गरिएको सुनको बजार मुल्य अनुमानित बाईस लाख तेईस हजार रहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : ०८ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव