कोरोना प्रभावितलाई दिइने आर्थिक सहायता चेकमा ट्रम्पको नाम | Khabarhub Khabarhub

कोरोना प्रभावितलाई दिइने आर्थिक सहायता चेकमा ट्रम्पको नाम


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट प्रभावित अमेरिकी नागरिकलाई दिइने आर्थिक सहायता रकमको चेकमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख हुने भएको छ ।

सरकारी कोषबाट प्रदान गरिने सहयोग रकमको चेकमा राष्ट्रपतिको नाममा उल्लेख हुन लागेको यो अमेरिकी इतिहासमै पहिलो हो ।

वित्त अधिकारीले ट्रम्पको नाम चेकमा उल्लेख गर्ने निर्णयका कारण सहयोग रकमको चेक सम्बन्धित नागरिकसम्म पुर्‍याउन ढिला हुने अभियोग अस्वीकार गरेका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको बुधबारको ब्रिफिङमा ट्रम्पले चेकमा आफ्नो नाम उल्लेख हुनेबारे त्यति धेरै जानकारी नरहेको बताए ।

‘यसबारे मलाई त्यति धेरै थाहा छैन, तर मानिसहरु पक्कै खुशी हुने छन् कि मेरो नामसहितको चेक प्राप्त गर्दा,’ ट्रम्पले भने ।

अमेरिकाले ८ करोड भन्दाबढी अमेरिकीलाई सरकारी कोषबाट १२ सय डलरसम्म आफ्नो बैंक खातामा जम्मा गरिदिन थालेको छ । तर बैंकको विवरण उपलब्ध नगराउनेहरुलाई भने ट्रम्पको नामसहितको चेक प्रदान गरिने छ ।

गएको मार्चमा अमेरिकी कंग्रेसले कोरोना भाइरसबाट प्रभावित क्षेत्र तथा व्यक्तिहरुका लागि ल्याएको दुई ट्रिलियन डलर बराबरको आर्थिक सहायता प्याकेज अन्तर्गत नै अमेरिकीलाई सहयोग रकमको चेक दिन लागिएको हो ।

गएको महिना मात्रै एक करोड ६० लाख मानिसले जागिर गुमाएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ७ : ३५ बजे

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।