कोरोना प्रभावितलाई दिइने आर्थिक सहायता चेकमा ट्रम्पको नाम « Khabarhub

कोरोना प्रभावितलाई दिइने आर्थिक सहायता चेकमा ट्रम्पको नाम


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट प्रभावित अमेरिकी नागरिकलाई दिइने आर्थिक सहायता रकमको चेकमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख हुने भएको छ ।

सरकारी कोषबाट प्रदान गरिने सहयोग रकमको चेकमा राष्ट्रपतिको नाममा उल्लेख हुन लागेको यो अमेरिकी इतिहासमै पहिलो हो ।

वित्त अधिकारीले ट्रम्पको नाम चेकमा उल्लेख गर्ने निर्णयका कारण सहयोग रकमको चेक सम्बन्धित नागरिकसम्म पुर्‍याउन ढिला हुने अभियोग अस्वीकार गरेका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको बुधबारको ब्रिफिङमा ट्रम्पले चेकमा आफ्नो नाम उल्लेख हुनेबारे त्यति धेरै जानकारी नरहेको बताए ।

‘यसबारे मलाई त्यति धेरै थाहा छैन, तर मानिसहरु पक्कै खुशी हुने छन् कि मेरो नामसहितको चेक प्राप्त गर्दा,’ ट्रम्पले भने ।

अमेरिकाले ८ करोड भन्दाबढी अमेरिकीलाई सरकारी कोषबाट १२ सय डलरसम्म आफ्नो बैंक खातामा जम्मा गरिदिन थालेको छ । तर बैंकको विवरण उपलब्ध नगराउनेहरुलाई भने ट्रम्पको नामसहितको चेक प्रदान गरिने छ ।

गएको मार्चमा अमेरिकी कंग्रेसले कोरोना भाइरसबाट प्रभावित क्षेत्र तथा व्यक्तिहरुका लागि ल्याएको दुई ट्रिलियन डलर बराबरको आर्थिक सहायता प्याकेज अन्तर्गत नै अमेरिकीलाई सहयोग रकमको चेक दिन लागिएको हो ।

गएको महिना मात्रै एक करोड ६० लाख मानिसले जागिर गुमाएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ७ : ३५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम