न्युयोर्कको उडसाइडमा बस्दै आएका अर्का नेपालीको मृत्यु « Khabarhub

न्युयोर्कको उडसाइडमा बस्दै आएका अर्का नेपालीको मृत्यु


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना संक्रमणबाट न्युयोर्कको उडसाइडमा बस्दै आएका अर्का नेपालीको मृत्यु भएको छ । झण्डै ३ सातादेखि बिरामी रहेका ४८ बर्षका ती नेपालीको बुधबार बिहानै निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि उनी केहीदिन अगाडि एल्महस्ट अस्पतालमा गएका थिए । तर अस्पतालले भर्ना लिन नमानेपछि उनको घरमै उपचार भइरहेको थियो । घरमै मेडिकल टिम आएर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै आएको थियो ।

उनको परिवार नेपालमा रहेकाले नेपालमा रहेको परिवारलाई जानकारी दिइनसकिएका कारण नाम र विवरण सार्वजनिक गरिएको छैन । अहिले नेपालमा भएको परिवार र अस्पताललाई जानकारी दिने प्रक्रियामा छ ।

उनका कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । एकमहिनाको बीचमा न्युयोर्कमा ७ जना नेपालीको निधन भइसकेको छ । जसमध्ये चारजनामा कोरोना संक्रमण पुष्टी भएको थियो भने तीनजनाको मृत्युको कारण सार्वजनिक गरिएको छैन ।

हिजोमात्र न्युयोर्क सिटीको हेल्थ डिपार्टमेन्टले अस्पतालमा नै भर्ना नभई घरमा मृत्यु हुनेको संख्या न्युयोर्क सिटीमामात्र ३७७८ रहेको सार्वजनिक गरेको थियो ।

उनीहरुको मृत्यु प्रमाणपत्रमा मृत्युको कारण या त कोभिड १९ या त त्यससँग मिल्ने लक्षण उल्लेख गरिएको छ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ८ : ०७ बजे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो