न्युयोर्कको उडसाइडमा बस्दै आएका अर्का नेपालीको मृत्यु « Khabarhub

न्युयोर्कको उडसाइडमा बस्दै आएका अर्का नेपालीको मृत्यु


४ बैशाख २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना संक्रमणबाट न्युयोर्कको उडसाइडमा बस्दै आएका अर्का नेपालीको मृत्यु भएको छ । झण्डै ३ सातादेखि बिरामी रहेका ४८ बर्षका ती नेपालीको बुधबार बिहानै निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि उनी केहीदिन अगाडि एल्महस्ट अस्पतालमा गएका थिए । तर अस्पतालले भर्ना लिन नमानेपछि उनको घरमै उपचार भइरहेको थियो । घरमै मेडिकल टिम आएर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै आएको थियो ।

उनको परिवार नेपालमा रहेकाले नेपालमा रहेको परिवारलाई जानकारी दिइनसकिएका कारण नाम र विवरण सार्वजनिक गरिएको छैन । अहिले नेपालमा भएको परिवार र अस्पताललाई जानकारी दिने प्रक्रियामा छ ।

उनका कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । एकमहिनाको बीचमा न्युयोर्कमा ७ जना नेपालीको निधन भइसकेको छ । जसमध्ये चारजनामा कोरोना संक्रमण पुष्टी भएको थियो भने तीनजनाको मृत्युको कारण सार्वजनिक गरिएको छैन ।

हिजोमात्र न्युयोर्क सिटीको हेल्थ डिपार्टमेन्टले अस्पतालमा नै भर्ना नभई घरमा मृत्यु हुनेको संख्या न्युयोर्क सिटीमामात्र ३७७८ रहेको सार्वजनिक गरेको थियो ।

उनीहरुको मृत्यु प्रमाणपत्रमा मृत्युको कारण या त कोभिड १९ या त त्यससँग मिल्ने लक्षण उल्लेख गरिएको छ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  ८ : ०७ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको