कोरोना सन्त्रासबीच नयाँ आशा, तीन भ्याक्सिनलाई दिइयो परीक्षण अनुमति « Khabarhub

कोरोना सन्त्रासबीच नयाँ आशा, तीन भ्याक्सिनलाई दिइयो परीक्षण अनुमति


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको भ्याक्सिन अझै पत्ता लागिसकेको छैन । विश्वका बैज्ञानिकहरु यसको खोजमा अहोरात्र खटिएका छन् ।

हालसम्म विश्वमा कोरोनाका कारण १ लाख ३४ हजार बढीले ज्यान गुमाइसकेका छन् । २० लाख ८२ हजार बढी संक्रमित छन् । दैनिक ८-१० हजार नयाँ संक्रमित थपिएको अवस्था छ । यो कहालीलाग्दो अवस्थाबीच चीन सरकारले ३ वटा भ्याक्सिन परीक्षणका लागि अनुमति दिएको छ ।

चीनको समाचार संस्था सिन्ह्वानेटमा प्रकाशित समाचार अनुसार ३ वटा सम्भावित भ्याक्सिनलाई चीन सरकारले क्लिनिकल परीक्षणका लागि अनुमति दिएको हो ।

२ वटा भ्याक्सिन वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले विकास गरेको हो भने अर्को चाइना नेशनल फर्मास्युटिकल ग्रुप र सिनोवाक रिसर्च एण्ड डेभलपमेन्टले संयुक्त रूपमा विकास गरेका हुन् ।

“चीन सरकारले कोभिड–१९ का ३ सम्भावित भ्याक्सिनलाई क्लिनिकल परीक्षणका लागि अनुमति दिएको विज्ञान र प्रविधि मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।”

चिनियाँ अनुसन्धानकरताहरुले यो भ्याक्सिनले कोरोनाको उपचारमा सफल हुने दाबी गरेका छन् ।

 

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ८ : ४० बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले