अर्थशास्त्री प्रा. डा. बिष्णु पौडेलको भर्जिनियामा निधन « Khabarhub

अर्थशास्त्री प्रा. डा. बिष्णु पौडेलको भर्जिनियामा निधन


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको भर्जिनियामा अर्थशास्त्री प्रा डा विष्णु पौडेलको ८९ वर्षको उमेरमा निधन भएको छ ।

बुधबार उनको निधन भएको हो । दुई छोरी र एक छोराका पिता पौडेल श्रीमति डाक्टर प्रमिला पौडेलका साथमा भर्जिनियामा बस्दै आएका थिए ।

घरमै बसिरहेको अवस्थामा अचेत भएपछि तत्काल फेयरफ्याक्स अस्पताल पुर्‍याउँदा त्यहाँ उनलाई  मृत घोषणा गरिएको थियो ।

झण्डै ५० बर्ष भन्दा अगाडि अमेरिका पुगेका पौडेल अमेरिकाका डेमोक्रेटिक उच्च पदस्थ राजनीतिज्ञहरुमाझ समेत प्रभावशाली थिए ।

उनले नेपालका लागि अमेरिकी राजदूत बनाउनका लागि डेमोक्रेटिक पार्टीका नेताहरुले तीन पटकसम्म सिफारिस गरेका थिए ।

नेपाली, हिन्दी, अँग्रेजी र संस्कृत भाषामा समेत उच्च दख्खल राख्ने पौडेलले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका थिए ।

उनको निधनले अमेरिकाको नेपाली डायस्पोरामा अपुरणीय क्षति पुगेको सामाजिक व्यक्तित्व इक्वालिटी फाउण्डेशनका सीईओ तथा एएनएका वर्तमान अध्यक्ष मेदिनी अधिकारीले बताए ।

 

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ९ : ०९ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ