आज मेघगर्जन, चट्यांङ, हावाहुरी र असिनापानीको सम्भावना « Khabarhub

आज मेघगर्जन, चट्यांङ, हावाहुरी र असिनापानीको सम्भावना


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देखि देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरेको छ ।

विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज मध्य र पूर्वका केही स्थानहरु र पश्चिमका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्चिमी वायुको समेत आंशिक प्रभाव महाशाखाले बताएको छ।

हाल देशको पूर्वी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । २४ घण्टाभित्र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तीन दिनको मौसमको अवस्था यस्तो छ

बैशाख ४ गते (बिहीबार)

दिउँसो- देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

राति- देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ५ गते (शुक्रबार)

दिउँसो- देशभर सामान्यतया बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

राति- देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ६ गते (शनिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

राति- देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिम भू-भागमा आंशिक बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ९ : १८ बजे

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा