प्रहरीलाई जानकारी हुँदाहुँदै सरकारी कार्यालयका वेबसाइट ह्याक « Khabarhub

प्रहरीलाई जानकारी हुँदाहुँदै सरकारी कार्यालयका वेबसाइट ह्याक


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीको साइबर ब्यूरोलाई जानकारी हुँदाहुँदै सरकारी कार्यालयका वेबसाइट ह्याक भएको खुलेको छ ।

साइबर ब्यूरो भोटाहिटी काठमाडौंका अनुसार सतन नाम राखेर ट्वीटर खाता चलाइरहेका एक ह्याकरको समूहले सरकारी कार्यालयका वेबसाइट ह्याक गर्ने चेतावनी दिँदै युजरनेम र पासवर्ड सावर्जनिक गरेको थियो । चेतावनी पाएपछि केही दिनअघि नै टेलिकमको वेबसाइट एडमिनको टेक्निकल पर्सनलाई सावधानी अपनाउन भनिएको थियो ।

उक्त सुझावलाई वेवास्ता गर्दा ट्विटरमा सतन नामक ह्याकरले मंगलबार कृषि विकास मन्त्रालय र त्यस अन्तर्गतका निकाय, राष्ट्रिय मुस्लिम आयोग, केन्द्रीय पुस्तकालय लगायतका सरकारी कार्यालयको साइटको ‘लगिन डिटेल’ सार्वजनिक गरेको थियो । यो खाता यतिबेला भने ट्वीटरमा भेटिँदैन ।

सतन नामक ट्वीटर खाताबाट गरिएको ट्वीटको स्क्रिनशट । अहिले भने यो युजरनेम ट्वीटरमा भेटिँदैन ।

चेतावनी दिई दिई सतनले वेबसाइटमा घुसेर डाटा चोरी गर्न थालेपछि साइबर ब्यूरोले थप अनुसन्धान अघि बढाएको छ ।

ब्यूरोका प्रहरी निरीक्षक उमेशप्रसाद साहले ट्वीटरको आधिकारिक सेवाप्रदायकसँग डाटाहरू मागेर सतनको विवरणहरु खोज्ने प्रकिया अघि बढाइएको बताए ।

यसअघि उक्त समूहले फुडमान्डुको सर्भरका १६ हजार ग्राहकको सूचना सार्वजनिक गरेको थियो । सोही ट्वीटर ह्याण्डलले इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटका १ लाख ७० हजारभन्दा बढी ग्राहकका डाटा चोरी गरेर सार्वजनिक गरेको थियो ।

सतन नामक ट्वीटर खाताबाट गरिएको ट्वीटर । अहिले भने यो युजरनेम ट्वीटरमा भेटिँदैन ।

ती ग्राहकलाई अहिले भाइबर एक्टिभेसनका लागि भन्दै मोबाइलमा म्यासेज आउने र विदेशबाट फोन आउन थालेपछि भायनेटले ती कल नउठाउन र अनावश्यक लिंक नखोल्न अनुरोध गर्दै सूचना जारी गरेको छ ।

(यसअघि प्रकाशित समाचारको अन्तिम अनुच्छेदमा अन्यथा पर्न गएकाले सच्चाइएको छ । गल्ती टाइपका कारण गलत सूचना सम्प्रेषण भएकोमा सोहीअनुसार अपडेट गरी समाचार सच्चाइएको छ । गलत सूचना प्रवाह भएकोमा क्षमाप्रार्थी छौं । – सम्पादक)

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ९ : ३६ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका