प्रहरीलाई जानकारी हुँदाहुँदै सरकारी कार्यालयका वेबसाइट ह्याक « Khabarhub

प्रहरीलाई जानकारी हुँदाहुँदै सरकारी कार्यालयका वेबसाइट ह्याक


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीको साइबर ब्यूरोलाई जानकारी हुँदाहुँदै सरकारी कार्यालयका वेबसाइट ह्याक भएको खुलेको छ ।

साइबर ब्यूरो भोटाहिटी काठमाडौंका अनुसार सतन नाम राखेर ट्वीटर खाता चलाइरहेका एक ह्याकरको समूहले सरकारी कार्यालयका वेबसाइट ह्याक गर्ने चेतावनी दिँदै युजरनेम र पासवर्ड सावर्जनिक गरेको थियो । चेतावनी पाएपछि केही दिनअघि नै टेलिकमको वेबसाइट एडमिनको टेक्निकल पर्सनलाई सावधानी अपनाउन भनिएको थियो ।

उक्त सुझावलाई वेवास्ता गर्दा ट्विटरमा सतन नामक ह्याकरले मंगलबार कृषि विकास मन्त्रालय र त्यस अन्तर्गतका निकाय, राष्ट्रिय मुस्लिम आयोग, केन्द्रीय पुस्तकालय लगायतका सरकारी कार्यालयको साइटको ‘लगिन डिटेल’ सार्वजनिक गरेको थियो । यो खाता यतिबेला भने ट्वीटरमा भेटिँदैन ।

सतन नामक ट्वीटर खाताबाट गरिएको ट्वीटको स्क्रिनशट । अहिले भने यो युजरनेम ट्वीटरमा भेटिँदैन ।

चेतावनी दिई दिई सतनले वेबसाइटमा घुसेर डाटा चोरी गर्न थालेपछि साइबर ब्यूरोले थप अनुसन्धान अघि बढाएको छ ।

ब्यूरोका प्रहरी निरीक्षक उमेशप्रसाद साहले ट्वीटरको आधिकारिक सेवाप्रदायकसँग डाटाहरू मागेर सतनको विवरणहरु खोज्ने प्रकिया अघि बढाइएको बताए ।

यसअघि उक्त समूहले फुडमान्डुको सर्भरका १६ हजार ग्राहकको सूचना सार्वजनिक गरेको थियो । सोही ट्वीटर ह्याण्डलले इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटका १ लाख ७० हजारभन्दा बढी ग्राहकका डाटा चोरी गरेर सार्वजनिक गरेको थियो ।

सतन नामक ट्वीटर खाताबाट गरिएको ट्वीटर । अहिले भने यो युजरनेम ट्वीटरमा भेटिँदैन ।

ती ग्राहकलाई अहिले भाइबर एक्टिभेसनका लागि भन्दै मोबाइलमा म्यासेज आउने र विदेशबाट फोन आउन थालेपछि भायनेटले ती कल नउठाउन र अनावश्यक लिंक नखोल्न अनुरोध गर्दै सूचना जारी गरेको छ ।

(यसअघि प्रकाशित समाचारको अन्तिम अनुच्छेदमा अन्यथा पर्न गएकाले सच्चाइएको छ । गल्ती टाइपका कारण गलत सूचना सम्प्रेषण भएकोमा सोहीअनुसार अपडेट गरी समाचार सच्चाइएको छ । गलत सूचना प्रवाह भएकोमा क्षमाप्रार्थी छौं । – सम्पादक)

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ९ : ३६ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ