कोरोना संक्रमित गर्भवति नर्सको मृत्यु, शल्यक्रियाबाट निकालिएको बच्चा सकुशल « Khabarhub

कोरोना संक्रमित गर्भवति नर्सको मृत्यु, शल्यक्रियाबाट निकालिएको बच्चा सकुशल


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक गर्भवती नर्सको निधन भयो । लगत्तै आपकालीन शल्यक्रिया गरी उनको गर्भमा रहेकी छोरी भने जीवितै जन्माउन अस्पतालका डाक्टर सफल भएका छन् ।

विगत पाँच वर्षदेखि नर्सका रुपमा कार्यरत २८ वर्षकी नर्स मेरी अगियइवा अग्यापोङ्गको गएको आइतबार लुटन एण्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा निधन भएको हो । उनी सोही अस्पतालमा विगत पाँच वर्षदेखि नर्सका रुपमा कार्यरत थिइन् ।

उनलाई अप्रिल ७ मा अस्पताल भनाई गरिएको थियो । त्यसको दुई दिनअघि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । आइतबार उनको निधन भए लगत्तै आकश्मिक शल्यक्रिया गरी पेटमा रहेको बच्चा शकुशल निकाल्न डाक्टर सफल भएका हुन् ।

नवजात शिशुको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । तर शिशुमा कोरोना भाइरसको संक्रमण भए–नभएको केही खुलाइएको छैन ।

मेरीका श्रीमानलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले उनी हाल सेल्फ आइसोलेशनमा छन्।

मेरीका सहकर्मीले उनको परिवारको सहयोगका लागि सहयोग संकलन अभियान थालेका छन् । बुधबार बिहान सुरु भएको अभियानमा झण्डै पाँच हजार पाउण्ड जम्मा भइसकेको छ ।

नवजात शिशुको नाम उनकै आमाको नाम राखिएको छ । मेरीकी छोरी मेरी हाल राम्रो अवस्था रहेको अस्पतालले उल्लेख गरेको छ ।

नर्स मेरीले मार्च १२ सम्म काम गरेकी थिइन् । त्यसपछि सुत्केरी हुने समय नजिकिएकाले बिदा लिएकी थिइन् । तर बच्चा जन्माउन नपाउँदै उनलाई कोरोनाको संक्रमण भएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १० : २९ बजे

युरोपभर फैलियो डढेलो: तीन लाख विस्थापित, ४० डिग्री नाघ्यो तापक्रम

काठमाडौँ – युरोपेली मुलुक फ्रान्स र स्पेनमा विनाशकारी डढेलो फैलिँदा

गोविन्द केसीसँगको सात बुँदे सहमतिमा के छ ?

काठमाडौँ – प्रा. डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६