चीनमा पछिल्लो २४ घण्टामा ४६ नयाँ कोरोनाभाइरस संक्रमित भेटिए « Khabarhub

चीनमा पछिल्लो २४ घण्टामा ४६ नयाँ कोरोनाभाइरस संक्रमित भेटिए


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीनमा घट्दै गए पनि अझै पूर्णरुपमा नियन्त्रणमा आएको छैन ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाविरुद्धको लडाइ जितेको घोषणा गर्दै उद्गमस्थल वुहानको समेत लकडाउन खुला गरे पनि संक्रमणका घटना रोकिएका छैनन् ।

पछिल्लो २४ घण्टामा चीनमा एक जनाको मृत्यु भएको छ भने ४६ जना नयाँ संक्रमित देखिएका छन् । योसँगै चीनमा संक्रमितको संख्या ८२ हजार २९५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ४२ पुगेको छ ।

चीनमा कोरोना संक्रमित ७७ हजार ८१६ उपचारपछि निको भएका छन् । १ हजार १३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यी मध्येपनि ११३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १० : ५१ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले