दोलखामा २७ र्‍यापिड टेष्ट र तीन स्वाव परीक्षण, सबै नतिजा नेगेटिभ « Khabarhub

दोलखामा २७ र्‍यापिड टेष्ट र तीन स्वाव परीक्षण, सबै नतिजा नेगेटिभ


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा-  दोलखा जिल्लामा २७ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) किटको परीक्षण र तीन जनाको स्वाव परिक्षणमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताए ।

भारत तथा तेस्रो मुलुकबाट आएका दोलखाको भीमेश्वर नगरपालिकाका दुई जना र कालिञ्चोक गाँउपालिकाका २५ जनाको आरडिटी परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताए ।

भीमेश्वर नगरपालिकाको प्रस्तावित चरिकोट अस्पतालमा र कालिञ्चोक गाँउपालिकाको सम्बन्धित वडामा आरडिटी परिक्षण गरिएको थियो ।

कालिञ्चोक गाँउपालिका वडा नम्बर २ बाबरेका भारतबाट आएका १४ जना र वडा नम्बर ३ र ४ मा पर्ने लामिडाँडाका १० जना भारतबाट आएका र एक जना तेस्रो मुलुकबाट आएका स्थानियको आरडिटी परिक्षण गरिएको कालिञ्चोक गाँउपालिकाका स्वास्थ्य संयोजक सुशील श्रेष्ठले बताए ।

त्यसैगरी काठमाडौँ पेप्सीकोला स्थित सनसिटी अर्पाटमेन्टमा बस्ने दोलखा तामाकोसी गाँउपालिकाका एक जना र उनीसंग सम्पर्कमा रहेका दुई जना गरी तीन जनाको किर्नेटार स्वास्थ्य केन्द्रमा स्वाव सङ्कलन गरी परिक्षणको लागि धुलिखेल अस्पताल पठाईएकोमा तीनै जनाको कोरोना भाईरस नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख झाले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ११ : ०४ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ