पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम बिष्फोट गराउने तीन जना पुर्पक्षका लागि थुनामा « Khabarhub

पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम बिष्फोट गराउने तीन जना पुर्पक्षका लागि थुनामा


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–  पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा बम बिष्फोटको आरोपमा पक्राउ परेका तीन जनापुर्पक्षका लागि थुनामा गएका छन् ।

भक्तपुर जिल्ला अदालतको आदेशले गत चैत्र ६ गते पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार काठमाडाैंपठाईएको हो ।

बाँस्कोटाको भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली स्थित निर्माणाधिन घरमा फागुन २८ गते बिहान बम बिष्फोटभएको थियो ।

बिष्फोटबाट घरको पूर्व पट्टीको गेटमा क्षति भएको थियो भने दुई छिमेकीको घरमा समेत क्षति पुगेको थियो ।

बम विष्फोट गराएको अभियोगमा काठमाण्डौ रानीबारीबाट कैलाली टिकापुर नगरपालिका वडा नं. २ घर भई हाल काठमाण्डौसामाखुशी बस्ने बर्ष ३१ को लक्ष्मण सेठ्ठि पक्राउ परेका थिए ।

पक्राउ पर्ने अर्कामा कैलालीकै भजनी नगरपालिका वडा नं. ४ घर भई हाल चितवन भरतपुर बस्ने बर्ष ३२ को अमृतबहादुर कुमाल रहेकाछन् ।

त्यसैगरी सोही अभियोगमा कालिकोट शान्ति त्रिबेणी गाउँपालिका वडा नं. ८ घर भई काठमाडाैं बसुन्धरा बस्ने बर्ष २७ को अभिषेक भन्नेटेकबहादुर बिक समेत पक्राउ परेका थिए ।

पक्राउ परेका तीनै जनालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार काठमाडाैं पठाईएको महानगरीय प्रहरी बृत्त थिमीका प्रमुख प्रहरीनायब उपरीक्षक शान्तिराज कोईरालाले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ११ : २८ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ