प्रहरीद्वारा डाक्टरमाथि कुटपिट प्रकरण– महारागजञ्ज बृत्तका डीएसपी मेट्रो तानिए « Khabarhub

प्रहरीद्वारा डाक्टरमाथि कुटपिट प्रकरण– महारागजञ्ज बृत्तका डीएसपी मेट्रो तानिए


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डाक्टरमाथि प्रहरीले कुटपिट गरेका प्रकरणमा महानगरीय प्रहरी बृत्त महाराजगन्जका इञ्चार्ज डीएसपी उमेश लम्साल महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी (मेट्रो) तानिएका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले महाराजगन्जका डीएसपी लम्साललाई अनुसन्धानका लागि तानिएको जानकारी दिए ।

डीआईजी पोखरेलले हाललाई महाराजगञ्ज बृत्तका सिनियर इन्सपेक्टरलाई निमित्त प्रमुखको जिम्मा दिएर डीएसपी लम्साललाई मेट्रो तानिएको बताए ।

‘डाक्टरमाथि कुटपिट भएको विषयमा अनुसन्धान शुरु भइसकेको छ । अनुसन्धान जारी रहुन्जेल उनले कार्यरत जिम्मेवारीमा रहन नपाउने गरी मेट्रो तानिएको हो,’ डीआईजी पोखरेलले भने, ‘पछि अनुसन्धानले जे देखाउँछ त्यहि निर्णय गरिन्छ ।’

बुधबार साँझ ड्युटी सकेर घर फर्किने क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ३ जना चिकित्सक (डाक्टर)माथि प्रहरीले कुटपिट गरेको थियो ।

त्रिवि शिक्षण अस्पतालका डाक्टर तेजप्रकाश शाह र डाक्टर शम्भु खनाल तथा कान्ति बाल अस्पतालका डाक्टर विकास शाहमाथि प्रहरीको टोलीले कुटपिट गरेको थियो ।

कुटपिट गर्ने प्रहरी टोलीको नेतृत्व महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी लम्सालले गरेको विषय सार्वजनिक गरेको थियो ।

विभिन्न सञ्चारमाध्यममा प्रहरीद्वारा डाक्टर कुटिएको विषय सार्वजनिक भएपछि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले बिहीबार बिहानै छानबिन समिति समेत गठन गरेको थियो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्रचार्यको नेतृत्वमा गठित ३ सदस्यीय छानबिन समितिले गरेको सिफारिसानुसार डीएसपी लम्साल बिहीबारै जिम्मेवारीबाट हटाइएर मेट्रो तानिएका हुन् ।

अनुसन्धान टोलीमा एसएसपी बज्रचार्यसहित महानरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १२ : ३७ बजे

वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा

नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कर

रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण

रसुवा– दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न चार स्थानमा पक्की पुल

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर– भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको टिपरले

मुख्यमन्त्री बानियाँले भने : मलाई थाहा नदिई घर र कार्यालयमा छापा मारिँदा मेरो चरित्रमा असर गर्‍यो

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा