तनहुँ जिल्लामा क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या शुन्य | Khabarhub Khabarhub

तनहुँ जिल्लामा क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या शुन्य


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– विदेशबाट फर्किएकालाई राख्न तनहुँका स्थानीय तहले बनाएको सबै क्वारेन्टाइन खाली छन् । विदेशबाट फर्किएकालाई निगरानीमा राख्नका लागि जिल्लाका दश वटा स्थानीय तहले क्वारेन्टाइन बनाएपनि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या शुन्य छ । जिल्लाभर कूल १ सय ७६ शैय्याको क्वारेन्टाइन बनाइएको छ । व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा २ जना बसेपनि उनीहरु हालै स्वास्थ्य परीक्षणपछि घर फर्किएका छन् । हाल उक्त क्वारेन्टाइनमा कोही पनि छैनन् ।

देवघाट गाउँपालिकाले धर्मार्थ अस्पतालमा बनाएको क्वारेन्टाइनमा एक जना मात्रै छन् । भारतबाट तीन दिनमा हिँडेरै देवघाट आइपुगेका ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए । गाउँपालिकामा विदेशबाट फर्किनेको सङ्ख्या ३४ छ, तर सबै घरमा नै बसिरहेका छन् । ‘विदेशबाट फर्किएकाहरु घरमै बसेपनि उनीहरुको निगरानी गरिरहेका छौ,’ सुवेदीले भने, ‘सबैको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।’

भानु नगरपालिकाले २०, व्यास नगरपालिकाले १३, म्याग्दे गाउँपालिकाले ५, शुक्लागण्डकी नगरपालिकाले २३, भीमाद नगरपालिकाले १०, घिरिङ गाउँपालिकाले २५, ऋषिङ गाउँपालिकाले २०, देवघाट गाउँपालिकाले २०, बन्दीपुर गाउँपालिकाले २८ र आँबुखैरेनी गाउँपालिकाले १० श्ययाको क्वारेन्टाइन निर्माण गरेका छन् ।

जिल्लामा विदेशबाट फर्किनेको सङ्ख्या ७ सय ३८ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार भारत लगायत तेस्रो मुलुकबाट जिल्ला आउनेमध्ये भानु नगरपालिकामा ८१, व्यास नगरपालिकामा १ सय ६२, म्याग्दे गाउँपालिकामा ३८, शुक्लागण्डकी नगरपालिकामा १ सय २४, भीमाद नगरपालिकामा १ सय १३, घिरिङ गाउँपालिकामा ६२, ऋषिङ गाउँपालिकामा ८५, देवघाट गाउँपालिकामा ३४, बन्दीपुर गाउँपालिकामा १८ र आँबुखैरेनी गाउँपालिकामा २१ जना छन् ।

जिल्लाका विभिन्न अस्पतालमा ४६ श्ययाको आइसोलेसन कक्ष बनाइएको छ । म्याग्दे गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा आठ, शुक्लागण्डकी नगरपालिकामा २९ र बन्दीपुर गाउँपालिकामा आठ श्ययाको आइसोलेसन कक्ष तयारी अवस्थामा छ । जिल्लामा भारत, दुवई, मलेसिया, माल्दिभ्स, जापान, कतार, श्रीलङ्का, अष्ट्रेलिया लगायतबाट घर फर्किने धेरै रहेका छन् ।
कोभिड–१९ को सङ्क्रमण पत्ता लगाउन जिल्लाका टोल–टोलमा पुगेर आरडिटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) विधिबाट द्रुत परीक्षण गरिएको छ । विदेशबाट फर्किएर घरमा बसिरहेकाहरुमा कोरोना जाँच गर्नका लागि दश वटै स्थानीय तहका टोल–टोलमा द्रुत परीक्षण भइरहेको छ ।

आइतबारदेखि शुरु भएको द्रुत परीक्षणका क्रममा बिहीबारसम्म ४ सय ७३ जनामा परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये सबैमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार परीक्षण गरिएकामध्ये ४ सय २२ पुरुष र ५१ महिला छन् ।

कोरोना परीक्षणका लागि सम्बन्धित स्थानीय तहबाट तालीमप्राप्त स्वास्थ्यकर्मी खटिएका छन् । ‘प्रत्येक टोलमा पुगेर कोरोना जाँच गर्ने व्यवस्था मिलाइएको छ,’ अधिकारीले भने, ‘कतिपयको भने घरमै पुगेर पनि कोरोना जाँच गरिएको छ ।’ सम्बन्धित वडाका अध्यक्षहरुले कोरोना जाँचका लागि सहजीकरण गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भानु नगरपालिकाका ४१, व्यास नगरपालिकाका ९१, म्याग्दे गाउँपालिकाका ३६, शुक्लागण्डकी नगरपालिकाका ६७, भीमाद नगरपालिकाका ७२, घिरिङ गाउँपालिकाका ४०, ऋषिङ गाउँपालिकाका ६२, देवघाट गाउँपालिकाका ३४, बन्दीपुर गाउँपालिकाका १५ र आँबुखैरेनी गाउँपालिकाका १४ जनाको परीक्षण भइसकेको छ ।

गण्डकी प्रदेश सरकारले परीक्षणका लागि आवश्यक किट उपलब्ध गराएपछि जिल्लाका सबै स्थानीय तहमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट भइरहेको छ । गण्डकी प्रदेश सरकारले जिल्लाका लागि ६ सय ४२ थान किट पठाएको छ । स्वास्थ्य कार्यालयले भानु नगरपालिकालाई ६०, व्यास नगरपालिकालाई १ सय २०, शुक्लागण्डकी नगरपालिकालाई १ सय, भीमाद नगरपालिकालाई ८५, म्याग्दे गाउँपालिकालाई ४०, घिरिङ गाउँपालिकालाई ४५, ऋषिङ गाउँपालिकालाई ६५, देवघाट गाउँपालिकालाई ३०, बन्दीपुर गाउँपालिकालाई २५, आँबुखैरेनी गाउँपालिकालाई २५ थान किट उपलब्ध गराएको छ ।

विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरिने र त्यसका लागि सम्बन्धित स्थानीय तहबाट तालीम प्राप्त स्वास्थ्यकर्मी खटाइएको छ । अधिकारीका अनुसार विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा १४ दिनदेखि २१ दिनसम्म बसेका सर्वसाधारणको द्रुत परीक्षण गरिनेछ ।

गण्डकी प्रदेश सरकारले एक महिनायता नेपाल आएको प्रदेशभित्रका तीन हजार ७५० जनाकै द्रुत परीक्षण गर्ने अभियान सञ्चालन गरेको छ । द्रुत परीक्षणमा पोजेटिभ देखिएको अवस्थामा पुनःपरीक्षणका लागि ल्याबमा पठाइनेछ । द्रुत परीक्षणबाट १५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्न सकिने भएकाले छोटो अवधिमै धेरै जनामा परीक्षण गरी जोखिमलाई न्यूनीकरण गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

कोभिड–१९ को आशङ्कामा जिल्लाका हालसम्म पाँच जनाको स्वाब परीक्षण गरिएको छ । भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका एक/एक जनाको स्वाब परीक्षण गरिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चैत १ गतेदेखि जिल्लामा विदेशबाट आउनेको सङ्ख्या ७ सय ५४ छ । भारत लगायत तेस्रो मुलुकबाट जिल्ला आउनेमध्ये भानु नगरपालिकामा ८२, व्यास नगरपालिकामा १ सय ६९, म्याग्दे गाउँपालिकामा ४३, शुक्लागण्डकी नगरपालिकामा १ सय २४, भीमाद नगरपालिकामा १ सय १३, घिरिङ गाउँपालिकामा ६२, ऋषिङ गाउँपालिकामा ८५, देवघाट गाउँपालिकामा ३४, बन्दीपुर गाउँपालिकामा १८ र आँबुखैरेनी गाउँपालिकामा २१ जना छन् । रासस

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १ : ३१ बजे

टाइगर कप भलिबल : टाइगर ग्रुप पोखरा फाइनलमा

कास्की – आयोजक टोली टाइगर ग्रुप पोखरा यहाँ जारी टाइगर

नेपालले दियो थाइल्याण्डलाई १०२ रनको लक्ष्य

काठमाडौं – त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा

सामुदायिक खानेपानीमा लाग्दै आएको कर खारेज गछौँ ः मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी, सरकारको लगानी’ अवधारणाअन्तर्गत सामुदायिक

‘पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने छ’

गलकोट– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनको विकासबाट

महानगर र अतिक्रमणकारीको जुधाइ, गरिखानेको मिचाइ !

काठमाडौं – काठमाडौँ महानगरमा बालेन्द्र शाह (बालेन) नेतृत्वमा पछिल्लो स्थानीय