अख्तियारको हिरासतबाट थप ४ जना आरोपी रिहा « Khabarhub

अख्तियारको हिरासतबाट थप ४ जना आरोपी रिहा


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो हिरासतमा रहेका थप ४ जना आरोपीलाई रिहा गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कसुरको गाम्भीर्यता समेत हेरी ४ जना आरोपीलाई हिरासतबाट मुक्त गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ताले प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

प्रवक्ता कोइरालाका अनुसार ४ जना आरोपीलाई धरौटी लिएर रिहा गरिएको हो ।

अख्तियारले यसअघि पनि आफ्नो हिरासतमा रहेका मध्ये ८ जना आरोपीलाई धरौटी लिएर हिरासतमुक्त गरेको थियो ।
सरकारले समेत कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्न भन्दै जघन्य प्रकृतिको अपराध बाहेकका घटनामा संलग्न अभियुक्तलाई धरौटी तथा तोरखमा रहने गरी थुनामुक्त गर्दै आएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १ : ४१ बजे

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल