लकडाउनको २४ औं दिनमा यस्तो देखियो काठमाडौं [तस्वीरहरू] | Khabarhub Khabarhub

लकडाउनको २४ औं दिनमा यस्तो देखियो काठमाडौं [तस्वीरहरू]



काठमाडौं – कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिनका लागि अहिले देशमा लकडाउन जारी रहेको छ । २४ दिनदेखि जारी लकडाउनका समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले आग्रह गर्दै आएको छ ।

अत्यावश्यक कामका लागि सवारीलाई स्थानीय प्रशासन कार्यालयले सवारी पास समेत उपलव्ध गराउँदै आएको थियो । पछिल्लो समय भने पासको दुरुपयोग बढेको भन्दै बिहीबारबाट सरकारले सवारी जाँचमा कडाइ गरेको छ । राजधानीबाट बाहिरिन खोज्ने र सडकमा निस्कने यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएर छोड्ने गरेको छ ।

लकडाउनका बेला बाटोमा पैदल हिँड्दै एक महिला ।

विहीवार दिउँसो रत्नपार्क क्षेत्रमा पुग्दा पैदल यात्रुलाई प्रहरीले नियन्त्रणमा राखेको थियो ।

भक्तपुरको सूर्यविनायकबाट नयाँ बसपार्कसम्म पैदल जान लागेका केही पैदल यात्रुलाई लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । प्रहरीको नियन्त्रणमा रहेका युवा भन्दै थिए – भक्तपुरमा समस्या परेर बसपार्क जान लागेको, प्रहरीले थुनेर राख्यो ।

घाममा राखे पनि प्रहरीले उनीहरूलाई पानी पिउने व्यवस्था गरेको थियो ।

राजधानीको नयाँ बसपार्क क्षेत्र । यतिबेला यो क्षेत्र लकडाउनका कारण सुनसान छ ।

भक्तपुरमा मजदुरी गर्दै आएको र रासन पानी सकिएपछि नयाँ बसपार्कमा रहेका साथीकहाँ जान लागेको बताउने उनीहरुलाई प्रहरीले दूरी कायम गएर बस्न भनेको थियो ।

यता नयाँ बसपार्क, सोह्रखुट्टे, रत्नपार्क आसपास सवारी साधन फाटफुट गुडिरहेका थिए ।

सरकारले चैत्र ११ गते मंगलबारबाट देशमा लकडाउन शुरु गरेको थियो । बिहीबारसम्ममा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् । तस्वीरमा हेरौं लकडाउनका बेलाको काठमाडौं:

राजधानीको जमल क्षेत्र । लकडाउनका कारण सुनसान छ ।
भृकुटीमण्डपअगाडिको सडक ।

प्रहरीले सडकमै क्वारेन्टाइनमा राखेका चार पैदल यात्री । उनीहरूले हिँडेर भक्तपुरको सूर्यविनायकबाट बसपार्क जान लाग्दा प्रहरीले यसरी बस्न लगाएको बताए ।
टुँडिखेल छेउको सडक ।

सुनसान टुँडिखेल चउर ।
राजधानीको भद्रकालीनेर मन्दिरका परेवाहरू सडक खाली हुँदा बाटोमै रमाउने गरेका छन् ।

पैदल यात्रुको जानकारी टिपोट गर्दै प्रहरी ।
दरवारमार्ग ।
सोह्रखुट्टे ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ५ : ४९ बजे

सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्छु : गृहमन्त्री 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्ध

काठमाडौं– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध

प्राधिकरणले काटेको बिजुली जोड्दै हर्क साम्पाङले भने– पोलको पैसा तिर

सुनसरी- नगरपालिकाले सडक बत्तीको महसुल नबुझाएको भन्दै विद्युत प्राधिकरणले ताकेता

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार