टेलिकमको कोरोनाभाइरस सर्वेक्षणमा एकैदिन सात लाख सहभागी « Khabarhub

टेलिकमको कोरोनाभाइरस सर्वेक्षणमा एकैदिन सात लाख सहभागी


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले सुरु गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएका छन् ।

नेपाल टेलिकमले मङ्गलबारदेखि त्यस्ता सम्भावित सङ्क्रमित पहिल्याउन आफ्ना प्रयोगकर्ताबीच सर्वेक्षण सुरु गरेको थियो ।

‘दिउँसो तीन बजेसम्म सात लाख उक्त सर्वेक्षणमा सहभागी भएको देखियो’ कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भने‘त्यसमध्ये केही दोहोरिएको अवस्था पनि छ । ’

टेलिकमले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र नेपाली सेनाको सहकार्यमा यस्तो सर्वेक्षण सुरु गरेको हो । *१४१९# डायल गरेर सहभागी हुन सकिने यो सर्वेक्षणका लागि पहिले नै केही प्रश्न तयार गरिएका छन् ।

प्रयोगकर्ताले उक्त नम्बरमा डायल गरेपछि ज्वरो आए नआएको, खोकी लागे नलागेको, सास फेर्न गाह्रो भए नभएको र पछिल्लो तीन हप्तामा विदेशबाट आए नआएको प्रश्नको उत्तर दिनुपर्नेछ ।

हरेक प्रश्न छ वा छैनको शैलीमा दिनुपर्ने छ । टेलिकमले उत्तर दिने यो प्रक्रिलाई १ वा २ अङ्क थिचेर सहभागी हुन सक्ने बनाएको छ ।
यसरी सङ्कलित तथ्याङ्कको विश्लेषण गरेर टेलिकमले कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिलाई उपलब्ध गराउनेछ । लक्षण अनुसार अति जोखिमयुक्त सम्भावित व्यक्तिलाई सम्पर्क गर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ५ : ३३ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका