झुटा मुद्दामा निर्दोष फसाउने काम निन्दनीय: नेता साह « Khabarhub

झुटा मुद्दामा निर्दोष फसाउने काम निन्दनीय: नेता साह


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले झुठा मुद्दा चलाएर निर्दोषलाई फसाउने काम स्वीकार्य नहुने बताएका छन् ।

रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका अध्यक्ष साहले रौतहटमा भएका दुई घटनाप्रति आक्रोशित हुँदै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

रौतहटको दाजुभाइ इट्टा उद्योगका संचालक रामबाबु चौधरी सपरिवारसहित उद्योगका कामदारहरुमाथि आक्रमण भएको र पछि उनीहरुमाथि नै मुद्दा दर्ता भएकोप्रति अध्यक्ष साह आक्रोशित भएका हुन् ।

रौतहटकै ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता तथा नेकपा नगर अध्यक्ष मोहन मेहतालाई संलग्नता नै नभएको मुद्दामा पक्राउ पुर्जी काटेपछि प्रहरी विवादित बनेको छ ।

“यही चैत्र २ गते रौतहटको गरुडास्थित दाजुभाइ इट्टा उद्योगमा सांघातिक आक्रमण भई दर्जनौं व्यक्ति घाइते भएको कुरा सर्वविदितै छ । पीडितलाई न्याय दिलाउनुको सट्टा आज रौतहट जिल्ला अदालतमा इट्टा उद्योगका संचालक रामबाबु चौधरी सपरिवार सहित झन्डै ४० जनामाथि उल्टै डाँका, शरीर बन्धक तथा अपहरण मुद्दा दायर भएको छ । घटनामा नै नभएका विषयमा काल्पनिक वरदात बनाएर अपराधिक कार्यलाई ढाकछोप गर्न झुठा मुद्दा चलाउने गृह प्रशासनको कार्य निन्दनीय छ । अहिलेको २१औं शताब्दीमा लोकतान्त्रिक अभ्यास गरिरहेको नेपालमा यस्ता जंगली हर्कत किमार्थ स्वीकार्य छैन ।” अध्यक्ष साहको विज्ञप्तिमा उल्लेख छ । “तसर्थ यस विषयमा नेपाल सरकारले छानबिन गरी दोषीलाई तुरुन्त कारवाही गरोस् भन्ने माग गर्दछु ।”

” गत हप्ता नेपाल प्रहरीद्वारा रौतहटकै ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहतालगायतका केही निर्दोष व्यक्तिहरुलाई लागुऔषध मुद्दामा पक्राउ पुर्जी पठायो । अपराधिक कार्यमा कुनै संलग्नता नै नभएको मेयरलगायतका निर्दोष व्यक्तिलाई बिना प्रमाण पक्राउ पुर्जी काटिएको स्तिथी छ । तथ्य र प्रमाण बिना गलत नियतबाट नगरको मुख्य नेतृत्वलाई यसरी ह्रासमेन्ट गर्नु कतिको न्यायसंगत छ । अहिले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि जारी लकडाउनमा ईशनाथ नगरपालिका अस्तव्यस्त छ ।” अध्यक्ष साहको विज्ञप्तिमा भनिएको छ, “मेयर विहिन स्थितिमा कोरोना पोजेटिभ बिरामीको उपस्थितिले आम जनता आतंकित एवम् त्रसित अवस्थामा छ । या गम्भीर अवस्था निर्माणको जवाफदेहिता कसले लिने ? के नेपाल प्रहरी यस्तो विषयमा गम्भीर हुनुपर्दैन ? यसमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।”

प्रधानमन्त्री ओलीको ध्यानाकर्षणसहित भनिएको छ, “उपरोक्त घटनाहरु एउटा उदाहरण मात्र हुन् । अहिले कोरोना महामारीसंग देशमा कालोबजारी तथा झुठा मुद्दाको बिगबिगी नै चलेको छ । अपराधिक घटनामा पीडितहरुलाई नै दोषी बनाउने दुस्प्रयास हुँदैछ । घटना नै नभएपनि बनाबटी वरदात खडा गरेर भएपनि झुठा मुद्दा चलाउने जस्ता जंगली कार्यको अभ्यास हुन खोजिरहेको छ । तसर्थ यस्ता गलत कार्यलाई तुरुन्त रोक्न म सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ६ : ०७ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया