सबै वडामा र्‍यापिड टेष्ट गर्दै काठमाडौं महानगर « Khabarhub

सबै वडामा र्‍यापिड टेष्ट गर्दै काठमाडौं महानगर


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिकामा वसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाको र्‍यापिड टेष्टलाई तिव्रता दिएको छ ।

काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै महानगरपालिकाले वडा नम्बर–५ का ३९ जनाको र्‍यापिड टेस्ट गराएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
महानगरले र्‍यापिड टेस्टलाई निरन्तरता दिदैँ आज वडा–४ का ५१ जनाको टेष्ट गराएको छ । बिदेशबाट आएका र लक्षणको शंका लागेका व्यक्तिहरुको पहिचना गरी उनीहरुको टेष्ट गरेको वडाध्यक्ष मोहन विष्टले जानकारी दिए ।

‘काठमाडौं महानगरपालिका वडा–४ ले जनस्वाथ्य महाशाखाको पहलमा स्वास्थ्य स्वयसेविकाहरुको टोलीलाई घर–घरमा पठाएर बिदेशबाट आएका, सेल्फ क्वारेन्टायन र क्वारेन्टायनमा बसेका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको शंका लागेका व्यक्तिहरुको पहिचान गरी विवरण संकलन गरेको थियो,’ वडाध्यक्ष मोहन विष्टले भने, ‘यसरी विवरण संकलन गरेका ४६ र वागमती कलेजको क्वारेन्टायनमा बसेका ५ जान गरी ५१ जनाको आज र्यापिट टेष्ट भयो । उहाँहरु सबैको रिर्पोट नेगेटिभ आयो ।’

कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न महानगरले १ मार्च २०२० (२०७६ फागुन १८) पछि विदेशबाट फर्केर महानगरपालिका भित्र वसोवास गर्दै आएका १ सय ३६ जनाको विवरण संकलन गरिसकेको छ ।

‘हामीले पहिलो चरणमा ३२ वटै वडासम्म पुगेर २०७६ फागुन १८ पछि विदेश भ्रमण गरी महानगरमा बसोवास गर्दै आएका महानगरवासीको विवरण संकलन गर्ने, उनीहरुको अवस्था बुझ्नेलगायतका कार्य गरेका छौँ,’ महानगर प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘अब ३२ वटै वडामा र्‍यापिड टेष्टलाई तिव्र रुपमा अघि बढाउछौँ ।’

उनले बिदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको शंका लागेका व्यक्तिहरुलाई सम्वन्धित वडामा सम्पर्क गर्न पनि अनुरोध गरे ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ९ : ३३ बजे

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका