सबै वडामा र्‍यापिड टेष्ट गर्दै काठमाडौं महानगर « Khabarhub

सबै वडामा र्‍यापिड टेष्ट गर्दै काठमाडौं महानगर


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिकामा वसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाको र्‍यापिड टेष्टलाई तिव्रता दिएको छ ।

काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै महानगरपालिकाले वडा नम्बर–५ का ३९ जनाको र्‍यापिड टेस्ट गराएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
महानगरले र्‍यापिड टेस्टलाई निरन्तरता दिदैँ आज वडा–४ का ५१ जनाको टेष्ट गराएको छ । बिदेशबाट आएका र लक्षणको शंका लागेका व्यक्तिहरुको पहिचना गरी उनीहरुको टेष्ट गरेको वडाध्यक्ष मोहन विष्टले जानकारी दिए ।

‘काठमाडौं महानगरपालिका वडा–४ ले जनस्वाथ्य महाशाखाको पहलमा स्वास्थ्य स्वयसेविकाहरुको टोलीलाई घर–घरमा पठाएर बिदेशबाट आएका, सेल्फ क्वारेन्टायन र क्वारेन्टायनमा बसेका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको शंका लागेका व्यक्तिहरुको पहिचान गरी विवरण संकलन गरेको थियो,’ वडाध्यक्ष मोहन विष्टले भने, ‘यसरी विवरण संकलन गरेका ४६ र वागमती कलेजको क्वारेन्टायनमा बसेका ५ जान गरी ५१ जनाको आज र्यापिट टेष्ट भयो । उहाँहरु सबैको रिर्पोट नेगेटिभ आयो ।’

कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न महानगरले १ मार्च २०२० (२०७६ फागुन १८) पछि विदेशबाट फर्केर महानगरपालिका भित्र वसोवास गर्दै आएका १ सय ३६ जनाको विवरण संकलन गरिसकेको छ ।

‘हामीले पहिलो चरणमा ३२ वटै वडासम्म पुगेर २०७६ फागुन १८ पछि विदेश भ्रमण गरी महानगरमा बसोवास गर्दै आएका महानगरवासीको विवरण संकलन गर्ने, उनीहरुको अवस्था बुझ्नेलगायतका कार्य गरेका छौँ,’ महानगर प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘अब ३२ वटै वडामा र्‍यापिड टेष्टलाई तिव्र रुपमा अघि बढाउछौँ ।’

उनले बिदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको शंका लागेका व्यक्तिहरुलाई सम्वन्धित वडामा सम्पर्क गर्न पनि अनुरोध गरे ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ९ : ३३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै