बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने « Khabarhub

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुधारका ठूला निर्णय सार्वजनिक गरेको छ।

शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले संघीय संरचना सानो बनाउने, प्रक्रिया सरल बनाउने र दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको हो।

शनिबार सार्वजनिक पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय अनुसार संघीय मन्त्रिपरिषद्को संख्या २५ बाट १७ मा झारिने भएको छ ।

मुख्य निर्णय

१. मन्त्रिपरिषद् २५ बाट १७ मा झारिने

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले ३० दिनभित्र संघीय मन्त्रालयको संख्या २५ बाट १७ मा सीमित गर्ने निर्णय गरेको छ।

नेपाल सरकार (कार्यविभाजन) नियमावली संशोधन गरिने
दरबन्दी व्यवस्थापन सेवा प्रवाह प्रभावित नहुने गरी गरिने
संक्रमणकालीन व्यवस्थापनका लागि ‘पुनर्संरचना व्यवस्थापन सचिवालय’ गठन, जनशक्ति, बजेट र कार्यक्रम पुनर्संरचना गरिने ।

२. सेवा प्रवाह सरल बनाउन ३० दिनभित्र प्रक्रिया सुधार
सार्वजनिक निकायहरूमा रहेको दोहोरोपन, जटिलता र ढिलासुस्ती अन्त्य गर्न अनावश्यक प्रक्रिया हटाइने।

निर्णय स्वीकृति तह अधिकतम तीनमा सीमित गरिने ।

बिजनेस प्रोसेस रिइन्जिनियरिङ (बीपीआर) लागू गरिने।

आवश्यक कानुनी संशोधनको मस्यौदा ३० दिनभित्र तयार
गरिने ।

३. अनावश्यक बोर्ड, समिति र संस्था खारेज वा एकीकरण
अनुत्पादक र दोहोरो संरचनाको मूल्यांकन

उच्चस्तरीय कार्यदल गठन

एक महिनाभित्र प्रतिवेदन पेश

४. दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय

सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन
कर्मचारी, शिक्षक, प्राध्यापकलाई दलीय आबद्धता निषेध गरिने ।

यदि यो नियम उल्लंघन भए कडा विभागीय कारवाही

सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेजीका लागि संघीय निजामती सेवा विधेयक ४५ दिनभित्र ल्याइने।

सरकारले यी निर्णयलाई ‘शासकीय सुधारका सयवटा खाका’ अन्तर्गतको प्रारम्भिक कदम भएको जनाएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ९ : १८ बजे

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा