विश्वभर १७ लाख ५४ हजार मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त « Khabarhub

विश्वभर १७ लाख ५४ हजार मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट १७ लाख ५४ हजार मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ४६ लाख १९ हजार ४८९ मध्ये १७ लाख ५४ हजार ५३ जना संक्रमण मुक्त भएका हुन् ।

बितेको २४ घण्टामा ५ हजार २७ जनाले ज्यान गुमाएका छन् भने ९७ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ ।

२५ लाख ५७ हजार ३२७ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ८ जनाको अवस्था गम्भीर छ ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६० हजार ४८२ जनाको मृत्यु भएको छ ।

१७ लाख ४१ हजार १२९ जना संक्रमित भएकोमा ७ लाख ३९ हजार ८११ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा ९९ हजार ५९७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ३० हजार ७४५ पुगेको छ । त्यसमध्ये ४ लाख ४ हजार ७९० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २३ हजार ९६२ जनाको मृत्यु भएको छ । ७ लाख ५७ हजार ९१२ जना संक्रमित भएकोमा ४ लाख ३१ हजार ९२० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २१ हजार ३०० जनाको मृत्यु भएको छ । ४ लाख ६९५ जना संक्रमित भएकोमा १ लाख ३९ हजार ६३१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ६३४ जनाको ज्यान गएको छ भने ७९ हजार ६६६ जना संक्रमित छन् । संक्रमितमध्ये २९ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । ८ हजार ६२१ जना संक्रमित भएकोमा ७ हजार ८५८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १४ लाख ८२ हजार ८६३ जनामध्ये ३ लाख २५ हजार ९९७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ६ : १४ बजे

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी