जिम्मेवारी सम्हालेको एक महिना नबित्दै ब्राजिलका स्वास्थ्य मन्त्रीको राजीनामा « Khabarhub

जिम्मेवारी सम्हालेको एक महिना नबित्दै ब्राजिलका स्वास्थ्य मन्त्रीको राजीनामा


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएका सरकारी प्रयास पर्याप्त नभएको तथा लिइएका नीति ठीक नभएको भन्दै ब्राजिलका स्वास्थ्य मन्त्री नेल्सन तेइचले राजीनामा दिएका छन् ।

तत्कालीन स्वास्थ्यमन्त्री लुइज हेनरिके मान्देता गत मार्च १५ बर्खास्त भएपछि मन्त्री नियुक्त भएका तेइजले पनि राजीनामा दिएका हुन् ।

कोरोना भाइरसको महामारीसँग जुधिरहेको ब्राजिललाई संक्रमणबाट जोगाउन राज्यको कडा हुनुपर्नेमा लकडाउन खुकुलो बनाउने गरीका निर्णयहरू भएपछि तेइचले पनि राजीनामा दिएको बुझिएको छ ।

यसअघि तत्कालीन स्वास्थ्य मन्त्री मान्देताले पनि लकडाउन खुकुलो बनाउन नहुने बताइरहदा उनलाई राष्ट्रपति जायर बोल्सोनारोले बर्खास्त गरेका थिए ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने दुई लाख १८ हजार भन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ७ : ०३ बजे

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडौं– क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने

हर्मुज खुला राख्न आसियानको जोड

एजेन्सी– अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा

नेपालले नेदरल्याण्ड्सलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग

प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

काठमाडौं– प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका

कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका