एक वर्ष पोर्चुगल बसेका आप्रवासीका छोराछोरीले नागरिकता पाउने « Khabarhub

एक वर्ष पोर्चुगल बसेका आप्रवासीका छोराछोरीले नागरिकता पाउने

पर्यटन भिसाको अवधिमा जन्मिएको बच्चालाई पनि नागरिकता


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

लिस्वन- पोर्चुगल सरकारले नागरिकता वितरणमा नयाँ नीति ल्याएको छ । जसअनुसार एक वर्ष अघिदेखि पोर्चुगलमा बस्ने आप्रबासीका छोराछोरीले नागरिकता पाउने छन् ।

यो नियम संसदबाट पास हुन भने बाँकी छ । पोर्चुगलमा एक वर्षसम्म बसोबास गरेका आप्रवासीहरुका बच्चालाई नागरिकता उपलब्ध गराउन राष्ट्रियतासम्बन्धी कानुनमा संशोधन गरी संसदमा टेबुल भएको छ ।

यदि राष्ट्रियता कानुनमा गरिएको संशोधनलाई संसदले स्वीकृति दिएमा नयाँ कानुन अनुसार नागरिकता पाइने छ ।

पोर्चुगल सरकारले नयाँ आउने कानुनमा आप्रबासीका बालबच्चा एक वर्षभन्दा बढि समय पोर्चुगलमा वैधानिक रुपमा बसेको हकमा नागरिकता दिने व्यवस्था गर्न लागेको हो । यस्तै, विदेशी नागरिकको बालबच्चा पोर्चुगलमा जन्मिएको आधारमा पनि नागरिकता दिने गरी कानुनमा संशोधन गर्न लागिएको हो ।

अहिलेसम्म बाबु अथवा आमामध्ये एकजना कम्तिमा २ वर्षसम्म बैधानिक रुपमा पोर्चुगल बसेको हुनुपर्ने व्यवस्था छ । सोही आधारमा अहिलेसम्म तिनका बालबच्चाले पोर्चुगलको नागरिकता पाउँदै आएका छन् । तर अब ल्याउन लागिएको नयाँ कानुनले त्यस्तो व्यवस्थालाई संशोधन गरी उक्त अवधिमा बाबु अथवा आमा कानुनी रुपले पोर्चुगलमा नबसेको अवस्थामा पनि तिनका बालबच्चाले नागरिकता पाउने छन् ।

यस्तै सरकारले पर्यटक भिषामा पोर्चुगल आएर भिषा अवधिमै बच्चा जन्माएको खण्डमा पनि त्यस्ता बच्चाले समेत नागरिकता पाउने छन् । उता, विभिन्न युद्धग्रस्त मुलुकबाट बेबारिसे अवस्थामा रहेका बाल बच्चालाई पोर्चुगल ल्याएर नागरिकता दिने सरकारी तयारी छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ९ : ४८ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००