एक वर्ष पोर्चुगल बसेका आप्रवासीका छोराछोरीले नागरिकता पाउने | Khabarhub Khabarhub

एक वर्ष पोर्चुगल बसेका आप्रवासीका छोराछोरीले नागरिकता पाउने

पर्यटन भिसाको अवधिमा जन्मिएको बच्चालाई पनि नागरिकता


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

लिस्वन- पोर्चुगल सरकारले नागरिकता वितरणमा नयाँ नीति ल्याएको छ । जसअनुसार एक वर्ष अघिदेखि पोर्चुगलमा बस्ने आप्रबासीका छोराछोरीले नागरिकता पाउने छन् ।

यो नियम संसदबाट पास हुन भने बाँकी छ । पोर्चुगलमा एक वर्षसम्म बसोबास गरेका आप्रवासीहरुका बच्चालाई नागरिकता उपलब्ध गराउन राष्ट्रियतासम्बन्धी कानुनमा संशोधन गरी संसदमा टेबुल भएको छ ।

यदि राष्ट्रियता कानुनमा गरिएको संशोधनलाई संसदले स्वीकृति दिएमा नयाँ कानुन अनुसार नागरिकता पाइने छ ।

पोर्चुगल सरकारले नयाँ आउने कानुनमा आप्रबासीका बालबच्चा एक वर्षभन्दा बढि समय पोर्चुगलमा वैधानिक रुपमा बसेको हकमा नागरिकता दिने व्यवस्था गर्न लागेको हो । यस्तै, विदेशी नागरिकको बालबच्चा पोर्चुगलमा जन्मिएको आधारमा पनि नागरिकता दिने गरी कानुनमा संशोधन गर्न लागिएको हो ।

अहिलेसम्म बाबु अथवा आमामध्ये एकजना कम्तिमा २ वर्षसम्म बैधानिक रुपमा पोर्चुगल बसेको हुनुपर्ने व्यवस्था छ । सोही आधारमा अहिलेसम्म तिनका बालबच्चाले पोर्चुगलको नागरिकता पाउँदै आएका छन् । तर अब ल्याउन लागिएको नयाँ कानुनले त्यस्तो व्यवस्थालाई संशोधन गरी उक्त अवधिमा बाबु अथवा आमा कानुनी रुपले पोर्चुगलमा नबसेको अवस्थामा पनि तिनका बालबच्चाले नागरिकता पाउने छन् ।

यस्तै सरकारले पर्यटक भिषामा पोर्चुगल आएर भिषा अवधिमै बच्चा जन्माएको खण्डमा पनि त्यस्ता बच्चाले समेत नागरिकता पाउने छन् । उता, विभिन्न युद्धग्रस्त मुलुकबाट बेबारिसे अवस्थामा रहेका बाल बच्चालाई पोर्चुगल ल्याएर नागरिकता दिने सरकारी तयारी छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ९ : ४८ बजे

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– गाजामा मारिएका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार