थप ६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो « Khabarhub

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ पुगेको छ । शनिबार बिहान थप ६ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएसँगै नेपालमा संक्रमित संख्या २७३ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया नार्खु–११ की २८ वर्षीया महिला, सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुष रहेका छन् ।

यस्तै सर्लाही रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवन गढौली–१ की २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । यस्तै उपचार पछि ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १० : २५ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित