भारतीय सीमाका ८४ स्थानमा सशस्त्र, रोकिएन अवैध प्रवेश रोकिएन « Khabarhub

भारतीय सीमाका ८४ स्थानमा सशस्त्र, रोकिएन अवैध प्रवेश रोकिएन


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो ।

सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका पाँच जिल्लाका ८४ ठाउँमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ ।

जसमा सबैभन्दा बढी कैलालीमा ४२, कञ्चनपुरमा २४, दार्चुलामा नौ, बैतडीमा पाँच र डडेल्धुरामा चार स्थानमा पोष्ट स्थापना गरिएका सशस्त्र प्रहरी वैद्यनाथ बाहिनी अत्तरिया कैलालीले जनाएको छ । भारतबाट अवैधरुपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बिओपी, पोष्ट र गुल्म स्थापना गरिएका वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथोकीले बताए ।

बैतडीसहित सुदूरपश्चिमका सीमा क्षेत्रमा एक हजार ४ सय सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ ।

अवैध नेपाल प्रवेश रोकिएन

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिले अवैध नेपाल प्रवेशमा कमी आएको दाबी सशस्त्र प्रहरीको भए पनि उनीहरुको आँखा छलेर नेपाल प्रवेश गर्ने क्रम भने अझै रोकिएको छैन । अवैधरूपमा नेपाल प्रवेश गर्ने क्रम नरोकिँदा सङ्क्रमणको जोखिम पनि बढ्दै गएको छ । लकडाउनको समयमा हालसम्म १०० भन्दा बढी नेपाली नागरिक महाकाली नदी तरेर नेपाल भित्रिएका छन् । बैतडी र दार्चुलामा गरी उक्त सङ्ख्यामा स्वदेश भित्रिएका हुन् ।

महाकाली नदीमा ट्युबमार्फत बैतडीमा ४० जना भित्रिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । सीमा सिल रहेका बेला सुरक्षाकर्मीको आँखा छलेर उनीहरु नेपाल आएका हुन् । उनीहरु सबैलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको उनले बताए । भारतमा लकडाउन खुकुलो भएपछि अवैधरूपमा नेपाल भित्रिने क्रम नरोकिएको हो ।

दार्चुलामा पनि लकडाउनका समयमा महाकाली नदी तरेर ७० जना भित्रिएको तथ्याङ्क रहेको छ । उनीहरुमध्ये कोही महाकालीमा पौडिएर, कोही तुहिनमार्फत र कोही ट्युबमार्फत स्वदेश भित्रिएका हुन् । स्वेश फर्कने सबै नेपाली मजदुर रहेको र उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने र कोरोना परीक्षणपश्चात मात्रै घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

बैतडी र दार्चुलासँग सीमा जोडिएको भारतको पिथौरागढ जिल्लालाई भारत सरकारले ग्रिनजोनमा राखेकाले त्यहाँ मजदुरी गर्दै आएका नेपाली स्वदेश भित्रिने क्रम बढेको हो । सुरक्षाकर्मीको आँखा छलेर नेपाल भित्रिने क्रम नरोकिँदा सङ्क्रमणको जोखिम पनि बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीको भनाइ छ ।

लकडाउन रहेको समयमा सीमा क्षेत्रबाट हुने वारपार रोक्न बैतडीमा निगरानी समूह गठन गर्न थालिएको छ । कोरोनाको जोखिम हुनसक्ने भएकाले सीमासँग जोडिएका सबै स्थानीय तहले निगरानी समूह गठन गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। भारतसँग सीमा जोडिएका जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा निगरानी समूह गठन गरिँदैछन् ।

निगरानी समूहले अवैधरूपमा महाकालीबाट स्वदेश नफर्कनका लागि माइकिङ गर्ने, सीमामा खटिएका प्रहरीलाई सहयोग गर्ने, कोही सीमाबाट तरिहालेमा उनीहरुलाई क्वारेन्टाइनमा पुर्‍याउने काममा सहयोग गर्ने जनाएको छ । दशरथचन्द नगरपालिकाले सीमा क्षेत्रका वडामा निगरानी समूह गठनको काम भइरहेको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए। वडाध्यक्षको अगुवाइ निगरानी समूह गठन गर्ने काम भइरहेको थापाको भनाइ छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १२ : ०८ बजे

आज २०८३ साल असार १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि