जुम्लामा कार्यरत सबै प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

जुम्लामा कार्यरत सबै प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गरिरहेका सुरक्षाकर्मीको पिसीआर कोरोना परीक्षण जारी छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गत जिल्लाभरका प्रहरी चौकीमा कार्यरत प्रहरी जवानको पीसीआर कोरोना परीक्षण गरिएकोमा सबै जनाको नतिजा नेगेटिभ आएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

नराकोट प्रहरी चौकीका चार, पातारासी प्रहरी चौकी चार, रारालिही एक, झारज्वाला प्रहरी चौकी पाँच, ताम्ती प्रहरी चौकी दुई र गोठीज्यूला प्रहरी चौकी एक गरी १७ जनाको पिसीआर परीक्षण गरिएको हो । त्यसैगरी १० प्रहरी जवानको आरडीटी परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाको आइसोलेसन अस्पतालमा सात, १० स्थानमा स्थापना गरिएको हेल्थ डेस्कमा ४०, ५४ स्थानमा स्थापना गरिएको क्वारेन्टाइनमा २१६ सुरक्षाकर्मी खटिएका छन् । त्यसैगरी नौ वटा चेकप्वाइन्टमा ३५, पैदल गस्तीमा ३५, भ्यान गस्ती १४, सात बिट पिकेट २१ गरी जम्मा ३६० जना सुरक्षाकर्मी परिचालन भएको जनाएको छ ।

जुम्ला अस्पतालमा कोरोना जाँच पिसीआर उपकरण सञ्चालनमा आएदेखि ९४९ जनाको जाँच भएको छ । कालिकोटका १० र जुम्लाका ८६५ जनाको पिसिआर जाँच भएको हो । यसअघि काठमाडौँ र सुर्खेतमा ३३९ जनाको परीक्षण गरिएको थियो ।

अहिलेसम्म जुम्लामा कोरोना सङ्क्रमण देखिएको छैन । सबै जनाको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ५ : ३६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर