जुम्लामा कार्यरत सबै प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ « Khabarhub

जुम्लामा कार्यरत सबै प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गरिरहेका सुरक्षाकर्मीको पिसीआर कोरोना परीक्षण जारी छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गत जिल्लाभरका प्रहरी चौकीमा कार्यरत प्रहरी जवानको पीसीआर कोरोना परीक्षण गरिएकोमा सबै जनाको नतिजा नेगेटिभ आएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

नराकोट प्रहरी चौकीका चार, पातारासी प्रहरी चौकी चार, रारालिही एक, झारज्वाला प्रहरी चौकी पाँच, ताम्ती प्रहरी चौकी दुई र गोठीज्यूला प्रहरी चौकी एक गरी १७ जनाको पिसीआर परीक्षण गरिएको हो । त्यसैगरी १० प्रहरी जवानको आरडीटी परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाको आइसोलेसन अस्पतालमा सात, १० स्थानमा स्थापना गरिएको हेल्थ डेस्कमा ४०, ५४ स्थानमा स्थापना गरिएको क्वारेन्टाइनमा २१६ सुरक्षाकर्मी खटिएका छन् । त्यसैगरी नौ वटा चेकप्वाइन्टमा ३५, पैदल गस्तीमा ३५, भ्यान गस्ती १४, सात बिट पिकेट २१ गरी जम्मा ३६० जना सुरक्षाकर्मी परिचालन भएको जनाएको छ ।

जुम्ला अस्पतालमा कोरोना जाँच पिसीआर उपकरण सञ्चालनमा आएदेखि ९४९ जनाको जाँच भएको छ । कालिकोटका १० र जुम्लाका ८६५ जनाको पिसिआर जाँच भएको हो । यसअघि काठमाडौँ र सुर्खेतमा ३३९ जनाको परीक्षण गरिएको थियो ।

अहिलेसम्म जुम्लामा कोरोना सङ्क्रमण देखिएको छैन । सबै जनाको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ५ : ३६ बजे

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडौं– क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने

हर्मुज खुला राख्न आसियानको जोड

एजेन्सी– अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा

नेपालले नेदरल्याण्ड्सलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग

प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

काठमाडौं– प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका

कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका