धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ सिल « Khabarhub

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ सिल


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ ।

उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

ती महिलामा कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित संक्रमण रोक्न गाउँ सिल गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

समितिकाे बैठकले ती महिलाको माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ पनि सिल गर्ने निर्णय गरेको हो। सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिने निर्णय समितिले गरेको छ।

महिलाले हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ ।

ती महिलाको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ७ : ०३ बजे

आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू हुँदै

काठमाडौं- सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू

वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार भएको नयाँ प्रधान न्यायाधीश

नयाँ प्रधानन्यायाीश छान्दा उपसभामुख ठाकुरले बालेनलाई साथ दिएपछि बिच्किए हर्क

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बिहीबार बसेको संवैधानिक

नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन निर्देशन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन–संकलनलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं- सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। शुक्रबार बिहान साढे