संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न मुख्यमन्त्री राउतको निर्देशन « Khabarhub

संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न मुख्यमन्त्री राउतको निर्देशन


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसबाट प्रभावित पर्सा, वीरगञ्जको आज अनुगमन गरेका छन् ।

उनले यस प्रदेशको वीरगञ्ज कोरोना सङ्क्रमणबाट अतिप्रभावित भइरहेको अवस्थामा आज कोरोना सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित पक्षलाई निर्देशन दिए ।

प्रदेशमा कोरोना सङ्क्रमित १०७ जना छन् । सोमध्ये अहिले ८६ जनाको वीरगञ्जमा उपचार भइरहेको छ । सो अवसरमा उनले पर्साको समग्र वस्तुस्थितिबारे जानकारी लिनुका साथै सरकारले गर्नुपर्ने कामका विषयमा सरोकारवालासँग सल्लाह गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए।

प्रदेशअन्तर्गतका क्वारेन्टाइन र आइसोलेशनको अवस्थाका साथै समस्याबारे जानकारी लिँदै मुख्यमन्त्री राउतले आगामी दिनमा सङ्क्रमित थपिने सम्भावना रहेको र विदेशबाट नागरिकलाई फिर्ता ल्याएपछि उत्पन्न अवस्थाबारे पूर्वतयारीको सम्बन्धमासमेत छलफल गरेका थिए ।

सरकारले सबै जिल्लामा थप क्वारेन्टाइन स्थापनाका लागि गरेको निर्णयको कार्यान्वयनको सम्भावित स्थलको पहिचान गर्नुपर्ने विषयमा जोड दिँदै उनले राजनीतिक दल र सरोकारवालासँग समन्वय तथा सहकार्यका लागि निर्देशन दिए ।

उक्त छलफलमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, प्रजिअ विष्णुबहादुर कार्की, नारायणी अस्पताल वीरगञ्जका प्रमुख मदन उपाध्याय, प्रहरी उपरीक्षक गङ्गा पन्त र नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानको सहभागिता थियो ।

सो अवसरमा मुख्यमन्त्री राउतले पर्साको पोखरिया अस्पताललाई एम्बुलेन्स खरिदका लागि रु ३१ लाख २५ हजारको चेक हस्तानन्तरण गरे ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ८ : ३५ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने