नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु, धुलिखेल अस्पतालमा ज्यान गुमाएकी महिलामा संक्रमण पुष्टि « Khabarhub

नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु, धुलिखेल अस्पतालमा ज्यान गुमाएकी महिलामा संक्रमण पुष्टि


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयलका सहप्रवक्ता डाक्टर समिर अधिकारीले नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्युभएको विज्ञप्ती मार्फत पुष्टि गरेका हुन् । ति महिला सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महिला हुन् । उनलाई सुत्केरी गराउन बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

बैशाख २४ गते नर्मल डेरीभरी पछि स्वास्थ्य अवस्था सामान्य भएकाले उनलाई अस्पतालले बैशाख २५ गते डिस्चार्ज गरेको थियो ।
डिस्चार्ज भएको ८ औं दिनमा (बिहीबार) श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय अस्पतालमा लगिएकोथियो ।

सोही क्रममा कोरोनाको लक्षणहरु देखिएपछि उनलाई आकस्मिक रुपमा बिहीबार धुलिखेल अस्पताल लगिएको थियो ।

सुत्केरीको मृत्युभएपछि धुलिखेल अस्पताललाई सील गरिएको छ । उनको उपचारमा संलग्न चिकित्सकलाई पनि आइसोलेसनमा राखेर कोरोना परीक्षण थालिएको छ ।

महिलाको गाउँ र माइती गाउँलाई सिल

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ ।

उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

गाउँमा कोरोना संक्रमण रोक्न गाउँ सिल गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

समितिकाे बैठकले ती महिलाको माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ पनि सिल गर्ने निर्णय गरेको हो। सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिने निर्णय समितिले गरेको छ।

महिलाले हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ । ती महिलाको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ ।

कोरोनाका कारण मृत्यु भएमा शव व्यवस्थापन कसरी गरिन्छ ?

कोरोनाका कारण मृत्यु भएमा विभन्न सावधानी अपनाइ शव व्यवस्थापन गर्ने कार्य गरिनेछ ।

 

 

 

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ९ : ०८ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने