स्पेनिस ला लिगा : सेभिया र लेभान्टे तथा रियल बेटिस र ग्रानडाको खेल बराबरी « Khabarhub

स्पेनिस ला लिगा : सेभिया र लेभान्टे तथा रियल बेटिस र ग्रानडाको खेल बराबरी


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा सोमबार रातिका दुई खेल बराबरीमा टुंगिएका छन् ।

ला लिगामा सेभिया लेभान्टेसँग १-१ गोलको बराबरीमा रोकिएको छ । भ्यालेन्सियामा सोमबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखे पनि आफ्नै गल्तीमा सेभिया बराबरीमा रोकियो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको शरुमै लुक डि जोङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।

खेल सकिन तीन मिनेट बाँकी रहँदा डिएगो कार्लोसले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा आयो ।

बराबरीसँगै तेस्रो स्थानमा रहेको सेभियाको ५१ अंक पुगेको छ । लेभान्टे ३५ अंक जोडेर एक स्थान माथि १२औं स्थानमा रहेको छ ।

सोमबार रातिकै खर्को खेलमा रियल बेटिस र ग्रानडाले पनि बराबरी खेलेका छन् । रियल बेटिस र ग्रानडाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

रियल बेटिसका सर्जियो केनालेस र क्रिस्टियन टेलोले गोल गरे । ग्रानडाका कार्लोस फर्नान्डेज र रोवर्टो सोल्डाडोले गोल गरे ।

बराबरीसँगै ग्रानडाले भिल्ला रियललाई एक अंकले पछि पार्दै आठौं स्थानमा उक्लिएको छ । रियल बेटिस १३औं स्थानमा छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ६ : ३० बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको