कोरोनाको खोप पत्ता नलागेसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध ! « Khabarhub

कोरोनाको खोप पत्ता नलागेसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध !


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाको खोप पत्ता नलागेसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुपर्ने त्यहाँका संक्रामक रोग विशेषज्ञले सुझाव दिएका छन् ।

अमेरिकाका शीर्ष स्वास्थ्य अधिकारी डा. एन्थोनी फाउसीले अमेरिका यात्राको प्रतिबन्ध कोरोनाको खोप पत्ता नलागेसम्म कायम गर्नु पर्ने सुझाव दिएका हुन् ।

टेलिग्राफ पत्रिकालाई दिएको एक अन्तर्वार्तामा फाउसीले प्रतिबन्ध कोरोना भाइरसको खोप पत्ता नलागेसम्म जारी रहन सक्ने बताएका हुन् ।

यो वर्ष जाडो मौसममा कोरोना संक्रमण हुँदैन भन्ने आफूलाई विश्वास नलागेको बताएका उनले त्यतिन्जेलसम्म खोप लगाउन पाइने विश्वास व्यक्त गरेका छन् ।

उनले अमेरिकामा कोरोनो भाइरसको संक्रमणको प्रकोप नरोकिएको र अझै केही समय लाग्ने भन्दै यात्राको प्रतिवन्ध हट्न अझै महिनौं लाग्ने बताएका हुन् ।

लकडाउनमा छुट दिएसँगै दोस्रोपटक कोरोना संक्रमणको दर पहिलाकै अवस्थामा फैलिन सक्ने स्वास्थ्य विज्ञहरुले बताइरहेको बीबीसीले जनाएको छ ।

गत मार्चमा राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप, बेलायत, चीन र ब्राजिलबाट अमेरिका प्रवेश प्रतिबन्ध लगाएका थिए ।

अमेरिकामा मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १ लाख १८ हजारभन्दा बढीको मृत्यु भएको छ भने २१ लाख ८२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ८ : ०४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा