भीमफेदी – कुलेखानी सडकको देउराली खण्डमा पहिरो खस्दा यातायात अवरूद्ध « Khabarhub

भीमफेदी – कुलेखानी सडकको देउराली खण्डमा पहिरो खस्दा यातायात अवरूद्ध


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार रातिदेखिको वर्षाले भीमफेदी गाउँपालिका–६ देउरालीमा पहिरो खस्दा भीमफेदी – काठमाडौं सकडखण्डमा सवारी आवागमन ठप्प भएको छ ।

करिब १५ मिटर पहिरो आई बाटो अवरुद्ध हुँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

वर्षा भइरहेकाले मौसममा सुधार भएपछि उक्त पहिरो हटाई यातायात सञ्चालन गर्नेतर्फ डोजरसहितको प्राविधिक खटाइ सकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपराज नेपालले जानकारी दिए ।

वर्षाले इन्द्रसरोवर गाउँपालिका वडा नं २ र ४ मा पनि सिस्नेरी सडकखण्डको ठूलोभञ्ज्याङमा गएको पहिरो डोजरले हटाउने प्रयास भइरहेको सिस्नेरी प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ३ : १९ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ