श्रमिक सूचना बैंक स्थापनाको घोषणा « Khabarhub

श्रमिक सूचना बैंक स्थापनाको घोषणा


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रमिक सूचना बैंक स्थापना गर्ने घोषणा गरेका छन् ।

सरकारको नीती तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७/०७८ को बार्षिक वजेटमा समेत रहेको कार्यक्रम अनुसार श्रमिक सूचना बैंक स्थापना गर्ने कार्य अगाडी बढेको छ ।

श्रमिक बैंक स्थापना गरी कार्यन्वयन गर्न मन्त्रालयले विज्ञ समुह गठन गरे काम थालेको छ । कृषिलगायत श्रम आर्जन गर्न सक्ने जनशक्तिहरु के–कति संख्यामा रहेका छन्, के कस्ता ज्ञान, सीप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् बारे एकत्रित जानकारी उपलब्ध गराउने उदेश्यले श्रमिक बैंकको स्थापना गर्न लागेको मन्त्री यादवले बताए ।

विकास र औद्योगिकरणले गति लिँदैगर्दा मौजुदा श्रमिकको पर्याप्तता सुनिश्चित गर्न र श्रमिक बैंकको स्थपनाले श्रमिकको सम्रग व्यवस्थापनमा मदत पुर्‍याउने भएकोले श्रमिक बैंकको आवश्यता रहेको मन्त्री यादवले बताए ।

मंगलबार मन्त्रालयको बैठक हलमा मन्त्री यादवको उपस्थितिमा विज्ञ टोलीले श्रमिक बैंकको कार्यन्वयन बारे प्रस्तुतिकरण गरेका थिए ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ३ : ३० बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा