स‌ंविधान संशोधनमा अनुपस्थित हुने कस-कसलाई नेकपाले सोध्यो स्पष्टिकरण (पत्रसहित) | Khabarhub Khabarhub

स‌ंविधान संशोधनमा अनुपस्थित हुने कस-कसलाई नेकपाले सोध्यो स्पष्टिकरण (पत्रसहित)


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधान संशोधनमा अनुपस्थित हुने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४ सांसदलाई नेकपाले कारवाही प्रक्रिया सुरु गरेको छ ।

संसदीय दलले चार सांसदहरुलाई स्पष्टीकरण सोधेको छ ।

संविधान संशोधनमा अनुपस्थित हुनेमा हरिबोल गजुरेल, धनबहादुर बुढा, गोपालबहादुर बम र शिवकुमार मण्डललाई स्पष्टिकरण सोधिएको हो ।

नेपाल सरकारले ७ जेठमा भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटेर राजनीतिक नक्सा प्रकाशन गरेको थियो ।

उक्त नक्सालाई निशान अध्यावधिक गर्नका लागि संविधान संशोधन गरेको छ ।

उक्त संविधान संशोधनमा सबै दलले एकमत भएर पक्षमा भोट हालेका थिए । समाजवादी पार्टीकी सरिता गिरीले भने विपक्षमा संशोधन दर्ता गराएकी थिइन् ।
अन्तिम समयमा आएर उनको प्रस्ताव अस्वीकृत भएको थियो ।

तर, सत्तारुढ दलकै चार जना सांसद संविधान संशोधनमा अनुपस्थित थिए । अनुपस्थित भएका चारै जना सांसदलाई नेकपाको संसदीय दलले स्पष्टीकरणसहितको पत्र पठाएको छ ।

हेर्नुहोस् पत्र


पत्रमा भनिएको छ, ‘दलको विधानको दफा ३० को उपदफा १ र २ अनुसार के कति कारणले अनुपस्थित हुनुभएको हो ? पत्र प्राप्त भएको मितिले ५ दिनभित्र दलको कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिनु हुन निर्देशन गरिन्छ ।’

नेकपाको संसदीय दलले संसदमा संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप नै जारी गरेको थियो । दलको ह्वीप नै नमानेर विनासूचना अनुपस्थित भएकाले चारै जनालाई संसदीय दलले पत्र पठाएको छ ।

उनीहरूलाई संसदीय दलको कार्यालयको पत्रमा ५ दिनभित्रमा दलको कार्यालयमा उपस्थित भई लिखित रूपमा स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ५ : ०३ बजे

शिक्षामन्त्री पुनले सीटीईभीटीलाई दिए चार निर्देशन

काठमाडाैं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्राविधिक

पूर्वमन्त्री रमेश लेखकलाई मातृशोक

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकलाई

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दैलेख – कर्णाली राजमार्गअन्तर्गत आज पाल्तडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको

फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

सिरहा – सिरहाको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको

ओलीले भने : लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प छैन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री