काठमाडौंमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि « Khabarhub

काठमाडौंमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंकी थप एक महिलामा आज (मंगलबार) कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंकी एक जना महिलामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

सोमबार मात्र काठमाडौंमा २ जना पुरुष र २ जना महिला र ललितपुरकी एक महिलामा कोरोना संक्रमण देखिएको थियो ।

आज (मंगलबार) एकै दिन मुलुकभर थप ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मंगलबार ३८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ६ हजार ५९१ पुगेको हो । संक्रमितमध्ये ६ हजार ९२ पुरुष र महिला ४९९ महिला छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ५ : ०३ बजे

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन