कांग्रेसले प्रधानमन्त्री ओलीलाई बुझायो ध्यानाकर्षण पत्र (पूर्ण पाठसहित) | Khabarhub Khabarhub

कांग्रेसले प्रधानमन्त्री ओलीलाई बुझायो ध्यानाकर्षण पत्र (पूर्ण पाठसहित)


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना नियन्त्रण तथा रोकथामको लागि प्रभावकारी कदम चाल्न ध्यानाकार्षण पत्र बुझाएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा कांग्रेसका नेताहरुले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर उक्त ध्यानाकार्षण पत्र बुझाइएको हो ।

खाँणको नेतृत्वमा गएको टोलीमा भीमसेनदास प्रधान, गगन कुमार थापा, राजेन्द्र कुमार केसीलगायत सहभागी थिए ।

कांग्रेसले बुझाएको ध्यानाकर्षण  पत्रको पूर्ण पाठ

यसैगरी जिल्ला कार्यसमिति काठमाडौंले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ नेतृत्वको टोलीले आज बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

उक्त ज्ञापनपत्रमा विदेशबाट घर फर्कन चाहने नेपालीलाई यथाशीघ्र सरल र सुलभ व्यवस्था गरी फर्किने वातावरण बनाउनुपर्ने, शारीरिक अशक्तता भएका, एकल महिला र गर्भवतीका लागि राहतको कार्यक्रम ल्याउनुपर्ने, अविलम्ब क्वारेन्टिनको अवस्थामा सुधार गर्नुपर्ने, स्वास्थ्य सेवा एवं पीसीआर परीक्षणको दायर बढाउनुपर्ने र जोखिमको अग्रभागमा काम गर्दै आएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका लागि सरकारले प्रतिव्यक्ति एक करोडको बीमा गर्नुपर्ने माग गरिएको छ ।

साथै काठमाडौंमा कोरोना भाइरस रोकथामका लागि अझ प्रभावकारी काम गर्नुपर्ने, राहतलाई न्यायपूर्ण ढंगबाट बाँड्नुपर्ने, शैक्षिक संस्था, होटल व्यवसाय, औद्योगीक क्षेत्रलगायत सम्पूर्ण आर्थिक क्षेत्रको पुनरुत्थानका लागि विशेष कार्यक्रमका साथै कोरोना संक्रमित र अन्य दीर्घरोगीका लागि स्वास्थ्योपचारको उचित व्यवस्था गर्न माग गरिएको छ ।

सभापति बानियाँद्वारा हस्ताक्षरित सो ज्ञापनपत्रमा रोगविरुद्ध सबै नेपाली एकजुट भई जनतालाई स्वस्थ राख्न तथा अरु आवश्यक सामग्रीसहितका सुविधा दिनुपर्नेमा सरकारको अदूरदर्शिताका कारण कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएको आरोप लगाइएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ५ : २५ बजे

एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय

माइतीघरमा प्रहरी घेराभित्र प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– संयुक्त संघर्ष समिति नेपालले माइतीघरमा प्रहरीको घेरा भित्र प्रदर्शन

विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल

काठमाडौं– नेत्रविक्रम चन्द विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल प्रस्ताव

नेपाल लिबरल पार्टी गठनको घोषणा

काठमाडौं– आर्थिक उन्नतिको लक्ष्यसहित डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल

ट्रम्पद्वारा ‘प्रतिभाशाली’ सीको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी दक्षिण कोरिया भ्रमणका