अमेरिकाका चर्चित नेता, अर्बपति र विभिन्न कम्पनीका ट्वीटर एकाउन्ट ह्याक « Khabarhub

अमेरिकाका चर्चित नेता, अर्बपति र विभिन्न कम्पनीका ट्वीटर एकाउन्ट ह्याक


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाका चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्वीटर एकाउन्ट ह्याक भएका छन्।

एउटा ठूलो सङ्गठित साइबर हमलालाबाट पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतका ट्वीटर ह्याक गरिएको छ ।

उबर र एपलजस्ता संस्थाहरूसमेत हमलामा परेको बीबीसीले जनाएको छ । ह्याक भएका यी ट्वीटर प्रयोगकर्ताका दशौँ लाख फलोअर्स थिए ।

ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो।

टेस्ला र स्पेश एक्स कम्पनीका प्रमुख एलन मस्कको आधिकारिक ट्वीटरमा ‘आउँदा केही घन्टामा’ दिइएको डिजिटल वालेटको ठेगानामा पठाइने जति पनि बिटक्वाइनको भुक्तानी दोबर हुने लेखिएको थियो।

ती ट्वीटहरू पोष्ट भएको केहीबेरमा हटाइएका थिए। ह्याक भएका ती एकाउन्टमा थप ट्वीट गर्नबाट रोकिएको छ।

ट्वीटरमा अहिलेसम्मकै ठूलो हमला ठानिएको यस घटनापछि कम्पनीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ८ : ०३ बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते