महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर २ बालिकाको मृत्यु « Khabarhub

महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर २ बालिकाको मृत्यु


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शुभम शाह

महोत्तरी– महोत्तरीमा खाल्डोमा जम्मेको पानीमा डुबेर दुई बालिकाको ज्यान गएको छ ।

भङ्गगा नगरपालिका–६  स्थित मजरा टोल निवासी रमदुला अन्सारीकी ७ वर्षीया छोरी जयनब खातुन र नइम अन्सारीकी ५ वर्षीया छोरी सहनाज खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाल्डोमा जम्मेको पानीमा नुहाउने क्रममा उनीहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश शिवाकोटीले जानकारी दिए ।

दुबै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १० : ४८ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान