पहिरो विस्थापितलाई अस्थायी बासस्थान « Khabarhub

पहिरो विस्थापितलाई अस्थायी बासस्थान


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको शिलिचोङ–१ को बेसिन्दामा गत आइतबार पहिरो जाँदा बिस्थापित भएकालाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।

शिलिचोङ–१ वालाको बुधबारे बजारमा सेनाको बराहदल गुल्मले अस्थायी बासस्थानका लागि टेन्ट र शौचालय निर्माण गरिदिएको हो ।

पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका विस्थापित ८२ घरका ३८० जनालाई अस्थायी बसोबासका लागि प्रदेश नं १ सरकारले मङ्गलबार नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामग्री बुधबारे बजारमा पुर्‍याएको थियो । सामग्री पुगेसँगै सेनाले टेन्ट निर्माण गरेको हो ।

विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउने र थप राहत र उद्धारको कामलाई  प्रभावकारी र सहज बनाउने शिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ्ले बताए ।

अस्थायी बसोबासका लागि तयार गरेको टेन्टमा, शौचालय, खानेपानी र बिजुलीबत्ती जडान भइरहेको उनले जानकारी दिए । पहिरोमा हराइरहेका ११ जनाको खोजी जारी रहे पनि अवस्था पत्ता लाग्न नसकेको  प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

असार २७ गते राति गएको पहिरोमा ११ बेपत्ता भएका छन् भने बेपत्ताको खोजीमा खटिएका एक जनाको मृत्युसमेत भएको थियो ।

यस्तै पूर्वखानेपानीमन्त्री दीपक खड्का र पर्यटन व्यवसायी मिङ्मा शेर्पाले निजी खर्चमा हेलिकोप्टरबाट १५ जनालाई उद्धार गरेका छन् ।

बिरामी, सशक्त र वृद्धवृद्धालाई चित्रेको शेर्पा बस्तीबाट वालाको बुधबारेमा उद्धार गरिएको हो । दुई जना पहिरोमा परेर घाइते भएकालाई उद्धार गरेर जिल्ला सदरमुकाम खाँदबारीमा उपचारका लागि ल्याइएको छ ।

उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । सेनाको एमआई–१७ हेलिकोप्टर पहिरोग्रस्त बेसिन्दामा बस्न नसकेपछि पूर्वमन्त्री खड्का र पर्यटन व्यवसायी शेर्पाले निजी खर्चमा उनीहरुको उद्धार गरेका हुन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ११ : १५ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान