पहिरो विस्थापितलाई अस्थायी बासस्थान « Khabarhub

पहिरो विस्थापितलाई अस्थायी बासस्थान


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको शिलिचोङ–१ को बेसिन्दामा गत आइतबार पहिरो जाँदा बिस्थापित भएकालाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।

शिलिचोङ–१ वालाको बुधबारे बजारमा सेनाको बराहदल गुल्मले अस्थायी बासस्थानका लागि टेन्ट र शौचालय निर्माण गरिदिएको हो ।

पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका विस्थापित ८२ घरका ३८० जनालाई अस्थायी बसोबासका लागि प्रदेश नं १ सरकारले मङ्गलबार नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामग्री बुधबारे बजारमा पुर्‍याएको थियो । सामग्री पुगेसँगै सेनाले टेन्ट निर्माण गरेको हो ।

विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउने र थप राहत र उद्धारको कामलाई  प्रभावकारी र सहज बनाउने शिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ्ले बताए ।

अस्थायी बसोबासका लागि तयार गरेको टेन्टमा, शौचालय, खानेपानी र बिजुलीबत्ती जडान भइरहेको उनले जानकारी दिए । पहिरोमा हराइरहेका ११ जनाको खोजी जारी रहे पनि अवस्था पत्ता लाग्न नसकेको  प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

असार २७ गते राति गएको पहिरोमा ११ बेपत्ता भएका छन् भने बेपत्ताको खोजीमा खटिएका एक जनाको मृत्युसमेत भएको थियो ।

यस्तै पूर्वखानेपानीमन्त्री दीपक खड्का र पर्यटन व्यवसायी मिङ्मा शेर्पाले निजी खर्चमा हेलिकोप्टरबाट १५ जनालाई उद्धार गरेका छन् ।

बिरामी, सशक्त र वृद्धवृद्धालाई चित्रेको शेर्पा बस्तीबाट वालाको बुधबारेमा उद्धार गरिएको हो । दुई जना पहिरोमा परेर घाइते भएकालाई उद्धार गरेर जिल्ला सदरमुकाम खाँदबारीमा उपचारका लागि ल्याइएको छ ।

उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । सेनाको एमआई–१७ हेलिकोप्टर पहिरोग्रस्त बेसिन्दामा बस्न नसकेपछि पूर्वमन्त्री खड्का र पर्यटन व्यवसायी शेर्पाले निजी खर्चमा उनीहरुको उद्धार गरेका हुन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ११ : १५ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर