सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा सिजी सिमेन्टमा लगानी | Khabarhub Khabarhub

सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा सिजी सिमेन्टमा लगानी


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा थुप्रै बाणिज्य बैंकहरुले सि.जी. सिमेन्टमा लगानी गरेका छन् ।

ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, र नेपाल एसबिआई बैंक समेतको सहभागितामा सि.जी. सिमेन्ट इन्डष्ट्रिज पाल्पाको क्लिङकराइजेसन प्लान्सको क्षमता १९५० टिपीडीबाट २९५० टिपीडीमा विस्तार गर्न आवश्यक थप कर्जा सम्झौता भइसकेको छ ।

सहभागी बैंकहरुबीच रु.२ अर्ब ३७ करोड ८० लाख गरी कुल रु. ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न मिति २०७४ पौष ७ मा भएको सहवित्तीयकरण सम्झौतामा मिति २०७७ आषाढ ३० गते पुरक सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो ।

उक्त समारोहमा अगुवा बैकको तर्फबाट सो बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट सो बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतको सहभागितामा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाण कुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृतसरोज गुरागाईले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ७ : २९ बजे

घाट पुगेका आफन्तको प्रश्न, सास जान कति समय लाग्छ ?

काठमाडौं – जतिसुकै घमण्ड भए पनि आर्यघाट पुगेपछि जिन्दगीबारे मान्छेको

विश्व मजदुर दिवसमा के गर्दैछन् श्रमिकहरु ? (फोटोफिचर)

आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस विश्वभर मनाइँदै छ । श्रमिकको

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम