नेपाल रेडक्रस र कोका-कोलाको स्वास्थ्य सुरक्षा सामग्री वितरण जारी « Khabarhub

नेपाल रेडक्रस र कोका-कोलाको स्वास्थ्य सुरक्षा सामग्री वितरण जारी


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका-कोला नेपालको कोभिड–१९ को उपचारमा संलग्न अग्रपंक्तिका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुका लागि सुरक्षा सामग्री वितरण कार्यक्रम जारी रहेको छ ।

यस प्रोजेक्टको लक्ष्य देशभरका सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपतिंका स्वयंसेवकका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्ध गराउने रहेको छ ।

यो साता नेपाल रेडक्रस र कोका-कोला नेपालका प्रतिनिधिहरुको उपस्थीतिमा पहिलो चरणको वितरण कार्यक्रम अन्तर्गत नेपाल चिकित्सक संघ बागबजार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर अस्पताल चितवन र कोशी अञ्चल अस्पताल मोरङलाई सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।यस वितरण कार्यक्रम असार १६ गते बाट शुरु गरिएको थियो ।

हालसम्म ९ सय ५० थान एन ९५ मास्क, २ सय ६५ थान सुरक्षा बुट, स्यानिटाइजर १ हजार ८ सय बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ३ सय र १३ हजार १ सय २ थान साबुन वितरण भइसकेका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले भने, ‘कोभिड विरुद्धको लडाईमा सुरक्षा सामग्रीको उपलब्धता अत्यन्तै महत्वपूर्ण काम हो । चिकित्सक र नर्सहरुको लागि यो एउटा प्रेरणा पनि हो ।’

कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ड डा. चुमनलाल दासले सामग्री हस्तान्तरण लिदैँ भने, ‘यो महामारीमा सेवाको लागि चाहिने सामग्री प्रदान गरेकोमा रेडक्रस र कोका-कोला नेपालप्रति आभारी छौं । यस संकटमा अझ तीव्र सेवा विस्तार गर्न भेन्टिलेटर सहितको थप सुरक्षा सामग्री छिटै उपलब्ध गराइने कुराले हामी थप उत्साहित भएका छौं ।’

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘स्वास्थ्य संस्थाहरुले कोभिड-१९ विरुद्धको लडाईमा अग्रपंक्तिमा रहेर गरिरहेका सबै काम र शाहसी प्रयास गहन कृतज्ञताका हकदार छन्। हामी यहाँ स्वास्थ्यकर्मीहरुको सहयोगका लागि छौं जबकी उनीहरु हामी सबैको हेरचाह गरिरहेका छन् । नेपाल रेडक्रस सोसाइटीका साथ हामी आशा गर्दछौं कि हाम्रो सहयोगले अग्रपंक्तिका स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्न मद्दत गर्नेछ र उनीहरुले यी चुनौतिपूर्ण समयमा आफ्नो मुल्यवान कामलाई जारी राख्न सक्नेछन् ।’

प्रदेश ५ को भेरी अञ्चल अस्पताल, कर्णाली प्रदेशको सुर्खेत स्थित मध्यपश्चिम अस्पताल र सुदुरपश्चिमाञ्चल स्थित कैलालीको सेती अस्पतालमा अर्को हप्ता वितरण गरिने योजना बनाइएको जानकारी गराउँदै नेरेसोका निर्देशक दिव्यराज पौडेलले नेरेसो कोका-कोलाको साझेदारीबाट उपलब्ध सामग्री प्राप्त गर्ने अस्पताल तथा संस्थाहरुले हार्दिकताका साथ स्वीकार गरेको पाइएको बताएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ५ : ४४ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने