नेपाल रेडक्रस र कोका-कोलाको स्वास्थ्य सुरक्षा सामग्री वितरण जारी « Khabarhub

नेपाल रेडक्रस र कोका-कोलाको स्वास्थ्य सुरक्षा सामग्री वितरण जारी


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका-कोला नेपालको कोभिड–१९ को उपचारमा संलग्न अग्रपंक्तिका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुका लागि सुरक्षा सामग्री वितरण कार्यक्रम जारी रहेको छ ।

यस प्रोजेक्टको लक्ष्य देशभरका सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपतिंका स्वयंसेवकका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्ध गराउने रहेको छ ।

यो साता नेपाल रेडक्रस र कोका-कोला नेपालका प्रतिनिधिहरुको उपस्थीतिमा पहिलो चरणको वितरण कार्यक्रम अन्तर्गत नेपाल चिकित्सक संघ बागबजार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर अस्पताल चितवन र कोशी अञ्चल अस्पताल मोरङलाई सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।यस वितरण कार्यक्रम असार १६ गते बाट शुरु गरिएको थियो ।

हालसम्म ९ सय ५० थान एन ९५ मास्क, २ सय ६५ थान सुरक्षा बुट, स्यानिटाइजर १ हजार ८ सय बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ३ सय र १३ हजार १ सय २ थान साबुन वितरण भइसकेका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले भने, ‘कोभिड विरुद्धको लडाईमा सुरक्षा सामग्रीको उपलब्धता अत्यन्तै महत्वपूर्ण काम हो । चिकित्सक र नर्सहरुको लागि यो एउटा प्रेरणा पनि हो ।’

कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ड डा. चुमनलाल दासले सामग्री हस्तान्तरण लिदैँ भने, ‘यो महामारीमा सेवाको लागि चाहिने सामग्री प्रदान गरेकोमा रेडक्रस र कोका-कोला नेपालप्रति आभारी छौं । यस संकटमा अझ तीव्र सेवा विस्तार गर्न भेन्टिलेटर सहितको थप सुरक्षा सामग्री छिटै उपलब्ध गराइने कुराले हामी थप उत्साहित भएका छौं ।’

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘स्वास्थ्य संस्थाहरुले कोभिड-१९ विरुद्धको लडाईमा अग्रपंक्तिमा रहेर गरिरहेका सबै काम र शाहसी प्रयास गहन कृतज्ञताका हकदार छन्। हामी यहाँ स्वास्थ्यकर्मीहरुको सहयोगका लागि छौं जबकी उनीहरु हामी सबैको हेरचाह गरिरहेका छन् । नेपाल रेडक्रस सोसाइटीका साथ हामी आशा गर्दछौं कि हाम्रो सहयोगले अग्रपंक्तिका स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्न मद्दत गर्नेछ र उनीहरुले यी चुनौतिपूर्ण समयमा आफ्नो मुल्यवान कामलाई जारी राख्न सक्नेछन् ।’

प्रदेश ५ को भेरी अञ्चल अस्पताल, कर्णाली प्रदेशको सुर्खेत स्थित मध्यपश्चिम अस्पताल र सुदुरपश्चिमाञ्चल स्थित कैलालीको सेती अस्पतालमा अर्को हप्ता वितरण गरिने योजना बनाइएको जानकारी गराउँदै नेरेसोका निर्देशक दिव्यराज पौडेलले नेरेसो कोका-कोलाको साझेदारीबाट उपलब्ध सामग्री प्राप्त गर्ने अस्पताल तथा संस्थाहरुले हार्दिकताका साथ स्वीकार गरेको पाइएको बताएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ५ : ४४ बजे

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं– काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा