बैंकमा शङ्कास्पद वस्तु फेला « Khabarhub

बैंकमा शङ्कास्पद वस्तु फेला


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान – बागचौर नगरपालिकामा रहेको एक बैंकको सटरमा शङ्कास्पद वस्तु आज बिहान फेला परेको छ । बागचौर– २ बागचौरमा रहेको मुक्तिनाथ विकास बैंकको सटरमा बाल्टिन बम जस्तो शङ्कास्पद वस्तु फेला परेको हो ।

जनपरिषद् सल्यानका नाममा कार्यालय बाहिर बाल्टिन बम जस्तो देखिने शङ्कास्पद वस्तु राखिएको पर्चामा कोरोना महामारीका समयमा समेत किसानसँग ऋण असूली गरेको, लकडाउनका समयमा किसानलाई ऋण तिर्न बाध्य पारेकोलगायत कुरा लेखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाल त्यस क्षेत्रलाई बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । सदरमुकामबाट बम निष्क्रिय टोली घटनास्थलमा पुगिसकेको छ । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन । शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १२ : ४० बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान