सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गरिने छ : प्रधानमन्त्री ओली « Khabarhub

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गरिने छ : प्रधानमन्त्री ओली


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गरिने बताएका छन् ।

कोभिड–१९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आज प्रधानमन्त्री निवास बालुवाटार गएको यातायात व्यवसायी र मजदूर सङ्गठनका नेताको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले आफ्नो सामर्थ्यअनुरुप समाधानमा अग्रसर रहने बताए ।

“कोभिड–१९ को महामारीपछि सबै क्षेत्र प्रभावित हुन पुगे । जनताको दैनिक जीविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव छ”, प्रधानमन्त्री ओलीले भने, “सबै क्षेत्रका समस्या सरकारले समाधान गरिदिएहुन्थ्यो भन्ने परिरहेको छ, यस्तो स्वाभाविक पनि हो । सार्वजनिक यातायात सञ्चालन गर्न केकस्तो सहयोग गर्न सकिन्छ, सरकारले पहल गर्नेछ ।”

सो अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदूर सङ्गठनका प्रतिनिधिले प्रधानमन्त्री ओलीसँग आफ्ना समस्या प्रस्तुत गरेका थिए। प्रतिनिधिमण्डलमा महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला र उपमहासचिव वसन्त भण्डारी तथा सङ्गठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदूर सङ्घका रामचन्द्र कार्की र नेपाल यातायात मजदूर सङ्घका धर्मराज भण्डारी सहभागी थिए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १ : ०४ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित