सीमाका सुरक्षाकर्मी त्रिपालमुनि बसेर काममा | Khabarhub Khabarhub

सीमाका सुरक्षाकर्मी त्रिपालमुनि बसेर काममा


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- चीन र भारतसँग सीमा जोडिएका क्षेत्रमा खटिएका प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् । व्यास गाउँपलिका–१ छांगरु र सीमा प्रहरी चौकी तिंकरस्थित छायालेक प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् ।

सीमा प्रहरी चौकी तिंकर छायालेकमा रहेको नेपाल प्रहरीले साप्ताहिक रुपमा नेपाल चीन सीमासम्म गस्ती गर्छन् । गत जेठ महिनामै छायालेक पुगेको प्रहरीले सीमा क्षेत्रसम्म साप्ताहिक गस्ती थालेको हो ।

नेपाल चीन सीमा स्तम्भ नम्बर १ सम्म नेपाल प्रहरीको साप्ताहिक रुपमा गस्ती भइरहेको सीमा प्रहरी चौकी छायालेक तिंकरका इञ्चार्ज हरकसिंह महताले बताए । यो क्षेत्रमा विवाद छैन । तर पनि नेपाल प्रहरीले आफ्नो गस्ती समयअनुसार गरिरहेको उनले बताए । छायालेकबाट तिंकर भञ्जाङमा रहेको सीमास्तम्भसम्म पुग्न ४ देखि ६ घण्टाको उकालो हिड्नुपर्छ । यहाँ पुग्न माथिल्लो बाटाबाट लेक लाग्ने गर्छ । सबै यो सीमा स्तम्भसम्म पुग्न सक्दैनन् ।

अप्ठ्यारो ठाउँ भए पनि कार्य क्षेत्रभित्रको सीमा स्तम्भ भएको कारण बेला बेलामा पुग्ने गरेको सुरक्षाकर्मी बताउँछन् । यस्तै छायालेकमा रहेको सीमा प्रहरी चौकीले रकाङ, तिंकर गाउँ, स्याङ्खोला, टाटा लगायतका क्षेत्रमा नियमित गस्ती गर्छ । अत्यधिक हावाहुरी चल्ने ठाउँ छायालेकमा उनीहरु त्रिपालले छानो छाउने तथा झ्याल ढोकामा समेत त्रिपाल राखेर रात बिताउन बाध्य छन् । सानो भवनभित्र मिलेर रात काट्नुपर्ने प्रहरीको बाध्यता छ । भवन नभएका हैनन्, तर भवनको छत राखिएको छैन । थोरै जस्तापातामा त्रिपाल राखेर बस्ने गरेको प्रहरी सुनाउँछन् ।

छायालेकका दुवै भवन बस्न लायक छैन । अहिले प्रहरीले एउटै भवनको दुई कोठामा जस्तापाता र त्रिपाल राखेर रात बिताउँछन् । विगतमा यो क्षेत्रमा रहेको प्रहरी चौकी भवनमा आगजानी भएपछि त्यसयता मर्मत सम्भार हुन नसक्दा प्रहरीले चिसो ठाउँमा त्रिपालको सहारा लिनुपरेको हो ।

दिनभरी हावाहुरी चल्छ । प्रहरी चौकी इञ्चार्ज महताले भने, ‘पहिल्यैदेखि यस्तै भवनमा प्रहरी बसेका रहेछन् । यो क्षेत्रमा आगो बाल्न दाउँरा खोज्नै मुस्किल छ । चिसो ठाउँमा रात बिताउने प्रहरीले जमिन भित्रको रुखका जरा खोजेर आगो बालेर रात बिताउँछन् । गाउँभन्दा झण्डै एकदेखि डेढ घण्टाको दूरीमा प्रहरी चौकी छ । गाउँसम्मै गस्ती गर्न सास्ती छ ।’

छांगरु प्रहरी भवन जीर्ण

तिंकरका छायालेक सीमा प्रहरी चौकी मात्र हैन्, छांगरुमा रहेको नेपाल प्रहरीको भवन पनि जीर्ण छ । विगतमा भेडा बाख्रा राखिएको गोठमा नेपाल प्रहरीले रात बिताउँदै आएको छ । व्यास गाउँपालिकाका कर्मचारी दिपक खातीले भने, ‘राष्ट्रको सुरक्षामा खटिएको प्रहरी बस्ने ठाउँको लागि पहल हुनुपर्छ ।’ उनले भने, ‘यी दुवै प्रहरी चौकीका भवन देख्दा साह्रै चित्त दुख्यो । जीर्ण प्रहरी चौकीको अवस्थाबारे गाउँ सभामा कुरा राख्छु । यो वर्ष मर्मतको लागि भए पनि बजेट छुट्याउन आग्रह गर्छु’, उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्ट छांगरु र तिंकर प्रहरी चौकीको भवनबारे आफूले माथिल्लो निकायमा जानकारी गराएको बताए । प्रहरीलाई बाह्रैमास राख्नको लागि आधुनिक सुविधायुक्त भवन चाहिन्छ । प्रदेश र संघीय सरकारसँग भवनको बारेमा जानकारी पुगेको छ ।

प्रहरीलाई फोन छैन

छांगरुमा इन्टरनेट र फोन सुविधा रहेपनि तिंकरमा फोन सेवा छैन् । तिंकर प्रहरी चौकी रहेको ठाउँमा फोन लाग्दैन । सञ्चार सेटमार्फत जिल्लामा सम्पर्क गर्नुबाहेक घरपरिवारसँग कुराकानी गर्न फोन सेवा छैन ।

छांगरुमा राखिएको स्काइ फोन टावर तिंकरसम्म काम गर्न नसक्दा प्रहरी मात्र हैन स्थानीयसमेत फोन सेवाबाट वञ्चित भएका छन् । दुई साताअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीले नेपाल चीन सीमा स्तम्भसम्म संयुक्त गस्ती गरेका छन् । झण्डै साढे पाँच हजार मिटर उचाइमा रहेको नेपाल चीन सीमा स्तम्भमा दुवै सुरक्षा निकायले संयुक्त गस्ती गरेका हुन् ।

सशस्त्र प्रहरी व्यास गाउँपालिकाको वडा नम्बर १ छांगरुको गागामा छ । गागाबाट खटिएको प्रहरी निरीक्षक लिलीबहादुर चन्द र नेपाल प्रहरीका छायालेक तिंकर सीमा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक हरकसिंह महता नेतृत्वको टोलीले संयुक्त रुपमा सीमा स्तम्भसम्म गस्ती गरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  २ : ०३ बजे

‘सुम्निमा’मा उपासनासँग ‘अनस्क्रिन रोमान्स’ गर्दै नायक कुन्साङ

काठमाडौं – ‘अञ्जिला’को व्यवसायिक सफतापछि निर्देशक मिलन चाम्सले निर्देशन गर्न

आकाशे पुल हुँदाहुँदै सडकबाटै जोखिम मोलेर बाटो काट्दै (तस्बिरहरू)

काठमाडौं– पैदलयात्रुको सुरक्षाका लागि निर्माण गरिएका आकाशे पुल, अन्डरग्राउन्ड टनेल

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा

कान्ति बाल अस्पतालसँग एक करोड क्षतिपूर्ति माग गर्दै उपभोक्ता अदालतमा उजुरी

काठमाडौं– उपभोक्ता अदालतले काठमाडौं उपत्यकाका तीन ठूला अस्पताललाई करोडौं क्षतिपूर्ति

नारायणघाट–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डको समस्या समाधानउन्मुख : मन्त्री दाहाल

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणघाट–बुटवल सडकअन्तर्गत पर्ने