तुलसीपुर उपमहानगर ‘क्यासलेस’ « Khabarhub

तुलसीपुर उपमहानगर ‘क्यासलेस’


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- तुलसीपुर उपमहानगरपालिकालाई नगदविहीन अर्थात् क्यासलेस बनाइएको छ । आर्थिक सुशासन र बैंकिङ प्रणालीप्रति अभ्यस्त बनाउन उपमहानगरपालिकामा मेघा बैंकको काउन्टर स्थापनाका भएपछि आजदेखि नगदविहीन बनाइएको हो ।

अब उपमहानगरपालिकालाई तिर्नुपर्ने पैसा सेवाग्राहीले अनिवार्यरुपमा बैंकमा जम्मा गर्नुपर्नेछ । काउन्टर राख्न इच्छुक बैंकबाट आवेदन लिएर बैकलाई काउन्टर स्थापनाका लागि स्वीकृति दिइएको उपमहानगरपालिकाका वित्तीय अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए ।

गत वर्ष नै काउन्टर उद्घाटन गर्ने भनिए पनि राष्ट्र बैंकसँगको प्रक्रियामा भएको ढिलाइका कारण यस वर्षबाट मात्रै सञ्चालन गर्न सकिएको बैंकको व्यवस्थापक राजन भण्डारीले जानकारी दिए।

काउन्टरको शुभारम्भ गर्दै उपमहानगरप्रमुख घनश्याम पाण्डेले क्यासलेस बनाउने लक्ष्य पूरा भएकामा खुशी व्यक्त गरे । उनले अनौपचारिक कारोवारलाई रोक्नका लागि बैंकिङ प्रणालीको ठूलो महत्व हुने र हरेक नागरिकलाई बैंकिङ प्रणालीसँग जोड्न सकिए मात्रै औपचारिक कारोवार वृद्धि हुने उनको भनाइ थियो ।

आगामी वर्षबाट उपमहानगरपालिकाको हरेक भुक्तानी अनलाइनबाट गर्ने गरी काम अगाडि बढाएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  २ : ०४ बजे

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक