तुलसीपुर उपमहानगर ‘क्यासलेस’ « Khabarhub

तुलसीपुर उपमहानगर ‘क्यासलेस’


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- तुलसीपुर उपमहानगरपालिकालाई नगदविहीन अर्थात् क्यासलेस बनाइएको छ । आर्थिक सुशासन र बैंकिङ प्रणालीप्रति अभ्यस्त बनाउन उपमहानगरपालिकामा मेघा बैंकको काउन्टर स्थापनाका भएपछि आजदेखि नगदविहीन बनाइएको हो ।

अब उपमहानगरपालिकालाई तिर्नुपर्ने पैसा सेवाग्राहीले अनिवार्यरुपमा बैंकमा जम्मा गर्नुपर्नेछ । काउन्टर राख्न इच्छुक बैंकबाट आवेदन लिएर बैकलाई काउन्टर स्थापनाका लागि स्वीकृति दिइएको उपमहानगरपालिकाका वित्तीय अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए ।

गत वर्ष नै काउन्टर उद्घाटन गर्ने भनिए पनि राष्ट्र बैंकसँगको प्रक्रियामा भएको ढिलाइका कारण यस वर्षबाट मात्रै सञ्चालन गर्न सकिएको बैंकको व्यवस्थापक राजन भण्डारीले जानकारी दिए।

काउन्टरको शुभारम्भ गर्दै उपमहानगरप्रमुख घनश्याम पाण्डेले क्यासलेस बनाउने लक्ष्य पूरा भएकामा खुशी व्यक्त गरे । उनले अनौपचारिक कारोवारलाई रोक्नका लागि बैंकिङ प्रणालीको ठूलो महत्व हुने र हरेक नागरिकलाई बैंकिङ प्रणालीसँग जोड्न सकिए मात्रै औपचारिक कारोवार वृद्धि हुने उनको भनाइ थियो ।

आगामी वर्षबाट उपमहानगरपालिकाको हरेक भुक्तानी अनलाइनबाट गर्ने गरी काम अगाडि बढाएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  २ : ०४ बजे

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट