युरिया मलको चरम अभाव « Khabarhub

युरिया मलको चरम अभाव


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- एक महिनादेखि कञ्चनपुरमा युरिया मलको चरम अभाव हुँदा किसान चिन्तित बनेका छन् । धानरोपेको २१ दिन भित्रमा युरिया मल हाल्नुपर्ने भए पनि यहाँका किसानले मल नपाउँदा समस्या भइरहेको गुनासो गरेका छन् ।

‘यहाँको दक्षिण क्षेत्रको सीमानाकाबाट लुकिछिपी मल आइरहेको सुनिन्छ’, शुक्लाफाँटा नगरपालिकाका दीना रानाले भनिन्, ‘एक हजारमा पाउने मल रु एक हजार ७०० मा पनि पाउन मुश्किल छ ।’

त्यसैगरी महाकाली नगरपालिकाको सीमानाका हुँदै महाकाली नदीको झोलुङ्गे पुलबाट मल आइरहेको भए पनि बिक्रीवितरणका विषयलाई लिएर विवादसमेत उत्पन्न भएको थियो । स्थानीयबीच विवाद भएयता सो नाकाबाट पनि मल आउन छाडेको स्थानीयको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले पनि कैलाली र कञ्चनपुरमा युरिया मल अभाव हुँदा उत्पादनमै कमी आउसक्ने बताएको छ । केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले मल नपाउँदा किसानले दुखेको पोख्ने गरेको बताए ।

उनका अनुसार कैलालीमा ७० हजार र कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती हुँदै आएको छ । ‘मल अभाव नौलो विषय होइन’, उनले भने, ‘अनौपचारिक नाकाबाट पनि यहाँ ३० प्रतिशत मल आयात हुन्थ्यो तर पनि बन्दाबन्दीले आउन छाडे पनि चरम अभाव देखिएको हो ।’

उनले युरिया मल धान लगाएको २१ दिन र त्यसपछि पुनः २१ गरी दुईपटक हाल्नुपर्ने बताउनुहुन्छ । ‘यहाँले मल नपाउँदा नै उत्पादनलाई असर गर्ने देखिन्छ’, उनले भने, ‘मल अभाव मुलुकभरकै समस्या हो ।’

त्यसैगरी कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरले युरिया मल सकिएको महिना दिन भइसकेको जनाएको छ । ‘ करिव ४३ टन डिएपी र ४६ टन पोटास मल मात्रै हामीसँग मौज्दात छ’, लिमिटेड प्रमुख बलबहादुर शाहले भने, ‘मलका लागि बिहानदेखि साझँसम्म किसान यहाँ धाइरहन्छन् ।’

बन्दाबन्दीका बेला आपूर्तिमा सहज नहुँदा यहाँका केही सहकारीलाई भैरवाबाट मल ल्याउन दिइएको छ । ‘हामीले गत आर्थिक वर्षमा सहकारीबाट समेत गरेर दुई हजार ७३६ मेट्रिकटन मल बिक्री वितरण गर्‍यौँ’, उनले भने, ‘मलको समस्या अहिले राष्ट्रिय समस्याकैरुपमा देखिएको छ ।’

गत आवमा लिमिटेडले एक हजार ९ सय १.७ मेट्रिक टन युरिया, एक हजार सात सय मेट्रिक टन डिएपी र ९५.२ मेट्रिक टन पोटास बिक्री गरेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ३ : ३१ बजे

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ