कुहिएको चामल दिएको आरोप « Khabarhub

कुहिएको चामल दिएको आरोप


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- नारायण नगरपालिका वडा नम्बर ४ का बासिन्दालाई वडाले वितरण गरेको राहत चामल कुहिएको भन्दै दुई दिनदेखि आन्दोलन गरेका छन् ।

केही वडामा बाडिएपनि नगरपालिकाको वडा नं ४ मा ५५५ घरधुरीलाई वितरण गर्ने भनेर लगेको २१३ बोरा चामलमध्ये केही कुहिएको परेको भन्दै स्थानीयले आन्दोलन गरेको डिलकुमारी कटुवालले जानकारी दिए ।

नगरपालिका दैलेखको गोदाममा दुई महिनादेखि उक्त चामल थन्किएको थियो । जनतालाई समयमा प्रदान गर्नुपर्ने राहत वितरण नगरिनु वडा र नारायण नगरपालिकाको लापरवाही भएको हस्तबहादुर खड्काले बताए ।

अध्यक्ष वीरबहादुर कटुवालले आफू वडामा नभएका बेलामा कर्मचारीले चामल वितरण गरेको जानकारी दिँदै जनताको राहतका लागि वितरण गरिएको र केही समस्या भए तत्काल सच्याउन आफूले कर्मचारीलाई निर्देशन दिएको बताए ।

नगरपालिकाको टेन्डर प्रक्रियामार्फत खरिद गरी गोदाममा राखेर वडामा पठाएपछि कर्मचारीले सोही चामल वितरण गरेको अध्यक्षले बताउनुभएको छ । वडा सचिव चक्रबहादुर कटुवालले आफूले कुहिएको चामल नदेखेको, केही स्थानीयले रिसिबीका कारण सामान्य मक्किएको एक/दुई बोरा चामल सडकमा छरेर अनावश्यक टीकाटिप्पणी गरेको बताए ।

जिल्ला प्रशासन कार्यालय दैलेखबाट बुधबार गएको टोलीले परीक्षणका लागि तीन बोरा चामलको नमूना लगेको छ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ४ : ११ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर