संक्रमण दर कम भए पनि जोखिम हटेको छैन : स्वास्थ्य मन्त्रालय « Khabarhub

संक्रमण दर कम भए पनि जोखिम हटेको छैन : स्वास्थ्य मन्त्रालय


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमण दर कम भए पनि जोखिम कम नभएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले यस्तो बताएका हुन् । उनले विदेशबाट  हवाइ तथा स्थलमार्गबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न मन्त्रालयल सक्षम रहेको जानकारी दिए ।

उनले भने, ‘ हवाई तथा स्थलमार्गबाट आउनेहरुको पीसीआर गराउन मन्त्रालय कटिबद्ध छ ।’

विदेशबाट आएकाहरु घटेको र क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि घटेका कारण परीक्षणको दायरा कम भएको बताए ।

उनले दैनिक १० हजारको पीसीआर परीक्षणको क्षमता भए पनि यो भन्दा बढीको पनि परीक्षण गर्न मन्त्रालय सक्षम रहेको बताए । संक्रमण दर कम हुँदै गएकाले पीसीआर परीक्षण दर मात्रै कम भएको उनले बताए ।

उनले भने, ‘संक्रमणको दर कम भए पनि जोखिम कम भएको छैन ।’  उनले व्यक्ति तथा समुदायले उठाएका विषयमा मन्त्रालय जानकार रहेको बताए ।

मन्त्रालयका अनुसार नेपालमा विहीबार थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको परीक्षण भएकोमा १६७ मा कोरोना पुष्टि भएको हो

पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २४९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ४ : ४५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको